२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

मंगला राष्ट्रपति रनिङ शिल्ड : लगातार ३ पटक कप जितेर मंगला मावि पच गर्यो शिल्ड

म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो । ६ स्वर्ण,१२ रजत र ५ कास्य सहित २३ पदक जित्दै महेन्द्ररत्न मावि बरंजा द्धितीय भएको छ ।

Advertisement

३ स्वर्ण,८ रजत १० कास्य सहित २१ पदक जितेर दिपशिखा मावि कुहुँ तृतीय भएको गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा शारदा मावि २ स्वर्ण,१ रजत ३ काँस्य, शिशु कल्याण मावि २ स्वर्ण, २ काँस्य, जनजागृति मावि पूर्णगाउँ १ स्वर्ण,२ रजत, २ काँस्य पदक, भित्रुवन मंगला मावि १ स्वर्ण, १ रजत र १ काँस्य, डनिङ बोर्डिङ २ रजत, ४ काँस्य पदक र किसानी आधारभुत विद्यालयले १ काँस्य पदक जितेको छ । बिजेता विद्यालय र खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष सतप्रसाद राृेका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा भलिबलतर्फ उत्कृष्ट छात्रमा मंगला माविका प्रकाश नेपाली, छात्रातर्फ शिशुकल्याण माविकी बुद्धिमायाँ बुढाथोकी, कबड्ीतर्फ मंगला माविका छात्रछात्रामा किस्मत विक र सरिता बुढा, एथलेटिक्समा मंगला माविकै मिलन थापा र रिकजना बोटे उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता अध्यक्ष रोका, स्वागत मन्तब्य वडा नं १ अध्यक्ष एकजित रोका, धन्यबाद मन्तब्य उपाध्यक्ष प्रेमकुमारी खत्री, वडा नं २ वडा अध्यक्ष धनबहादुर खाती क्षत्री र सञ्चालन सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP