२०८२ माघ २३
February 5, 2026, Thursday

म्याग्दी बहुमुखी क्याम्पसको २२ औं क्याम्पस सभा

‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको बुधवार २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव–२०८० सम्पन्न भएको छ । आजभन्दा ३३ वर्ष पहिले स्थापना भएको सोही दिनको अवसर पारेर विविध कार्यक्रमसहित क्याम्पस सभा तथा वार्षिकोत्सव आयोजना गरिएको हो ।

Advertisement

२२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव कार्यक्रमको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले एक समारोहबीच उद्घाटन गर्नुभयो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसद्वारा प्रकाशित अर्धवार्षिक बुलेटिन ‘फुलबारी’को चालु वर्षको साउन–मंसिर अङ्क २ को समेत मन्त्री जुग्जालीले विमोचन गर्नुभएको थियो ।

Advertisement

क्याम्पस सभाको उद्घाटनसत्रमा क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख गोरखबहादुर जिसीले अब म्याग्दी क्याम्पसले क्युएए प्राप्त अन्य क्याम्पसहरुसँग प्रतिस्पर्धासँगै सूचकहरुमा विशिष्टता हासिल गर्नुपर्ने बताउनुभयो। २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११ र १२, स्नातक तथा स्नातकोत्तर तहमा गरी कुल ११ सय २० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डतर्फ शैक्षिक सत्र २०७९÷८० मा कक्षा ११ मा एकसय र १२ कक्षामा ७१ दशमलव २ प्रतिशत उत्तीर्णदर रहेको छ ।

यसैगरी स्नातक तहतर्फ २०७८÷०७९ मा कुल उत्तीर्ण प्रतिशत २८ दशमलव १३ प्रतिशत, सेमेष्टर बिआईसिटीतर्फ ३८ दशमलव ४६, सेमेष्टर एमबिएसतर्फ ४३ दशमलव ५५ प्रतिशत उत्तीर्ण रहेकोमा समग्रमा क्याम्पसको उत्तीर्ण प्रतिशत २९ दशमलव ६५ रहेको क्याम्पस प्रमुख जिसीले जानकारी दिनुभयो । स्नातक तहतर्फ ०७९÷८० को नतिजा भने आउन बाँकी रहेको छ भने सेमेष्टर बिआईसिटीतर्फ दोस्रो १८ दशमलव १८ प्रतिशत उत्तीर्ण भएको क्याम्पसले जनाएको छ । त्यस्तै एमबिएस चौथोको ५६ दशमलव ४२ उत्तीर्ण प्रतिशत रहेको छ ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक कृष्ण पौडेल, निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पस अभिभावक संघका अध्यक्ष ठाकुरप्रसाद शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी क्याम्पसका सचिव देवराज शर्मा, पूर्व विद्यार्थी मञ्चका सचिव अर्जुन पौडेल, बिबिएस चौथो वर्षका संयोजक विद्यार्थी निरुता बुढाथोकीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठको स्वागत र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न सम्पन्न भएको थियो । धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दी बहुमुखी क्याम्पसले २०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)को मान्यता प्राप्त गरेको थियो ।

Related News

बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
  • २०८० पुष १८, बुधबार १५:१६

म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८,...

निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल
निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल
  • २०८० पुष १८, बुधबार १५:१६

अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य...

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८० पुष १८, बुधबार १५:१६

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

TOP