आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहन एक जनप्रतिनिधिले जेष्ठ नागरिकलाई फलफुल वितरण गर्नुभएको छ छ ।
म्याग्दीको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र बहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा बेनपा ९ मा रहेको बृद्धाआश्रममा रहेका ४८ जना जेष्ठ नागरीकलाई एक वटा फ्रुटी र फलफुल वितरण गर्नुभएको हो ।
जन्मदिनमा फजुल खर्च गरेर मनाउनु भन्दा जेष्ठ नागरीक संग मनाऔँ भनेर आफुले सकेको सहयोग गरेको अध्यक्ष केसीको भनाई छ । उक्त फलफुल वितरण कार्यक्रम गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीको उपस्थितीमा वितरण गरीएको थियो ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...