२०८३ बैशाख १७
April 30, 2026, Thursday

म्याग्दीका विद्यार्थीमा कबड्डी खेलमा आकर्षण बढ्यो

राकेश शर्मा
म्याग्दीमा पछिल्लो समय विद्यार्थीहरु कबड्डी खेलमा आकर्षण भएका छन् । स्थानीय तहमा हुने राष्ट्रिपती रनिङ शिल्ड र अन्य खेलकुद प्रतियोतिमा कबड्डी खेल आयोजना हुन थालेपछि पछिल्लो समय कबड्डी खेलमा आकर्षण बढेको हो ।

Advertisement

बेनीको खुल्लामा मञ्चमा नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दर्शकको ध्यान कबड्डी खेलले तानेको थियो । पछिल्लो समय स्थानीय सरकार, विद्यालयहरुले आयोजना गर्ने खेलकुद प्रतियोगितामा कबड्डी खेल हुन थालेपछि यस खेलप्रति विद्यार्थीको आकर्षण बढेको कबड्डी संघ म्याग्दीका अध्यक्ष तथा प्रशिक्षक राजकुमार परियारले बताउनुभयो ।

Advertisement

प्रत्येक वर्ष पालिका स्तरमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका कारण पनि विद्यालय स्तरमा कबड्डी खेलप्रति आकर्षण बढेको परियारको भनाई छ । पालिका स्तरमा आयोजना भएका प्रतियोगिताहरूले पछिल्लो समय लोप हुन लागेको खेलमा आकर्षण बढेको हो ।

‘यस खेल कुनै भेला निकै लोकप्रिय खेलको रुपमा लिने गरेका थिए अहिले अन्य पुस्ताहरुमा यो खेल प्र्रति चासो नभएपनि विद्यार्थी स्तरमा निकै लोकप्रिय बनेको छ, उहाँले भन्नुभयो विद्यालय स्तरमा कबड्डी खेलमा प्रतिभाशाली खेलाडीहरूको उत्पादन भएका छन् । कबड्डी संघले पछिल्लो समय विद्यालय स्तरमा खेलाडीहरूलाई तालिम र प्रशिक्षण उपलब्ध दिने गरेका छौँ ।’

जिल्लामा तिनबर्ष अघि पहिलो पटक खुल्ला प्रदेश स्तरीय कबड्डी खेल प्रतियोगीता आयोजना भएको थियो । जिल्लाबाट प्रदेश तथा राष्ट्रिय स्तरमा छनौट हुन सकेमा यस खेलमा अझै आकर्षण बढ्ने कबड्डीका प्रशिक्षक तथा रेफ्री कर्ण प्रधानले बताउनुभयो ।

पालिकाहरु र विद्यालयले कबड्डी खेलप्रति आकर्षण बढाउन विद्यार्थीहरूलाई प्रशिक्षण,तालिम र प्रतियोगिताहरूमा भाग लिन प्रोत्साहन गर्न अझै आवश्यक रहेको प्रधानको भनाई छ ।

‘गाउँगाउँमा हुने मेला, पर्व र नियमित रूपमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भलिबलको खेलाडी उत्पादन गर्ने माध्यम बनेको छ, उहाँले भन्नुभयो ।’ कबड्डी खेल केही बर्ष यताका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लोकप्रिय बन्दै गएको छ । गत शनिबार मंगला र मालिका गाउँपालिका बिच भएको छात्रा कबड्डी प्रतियोगितामा ३९ का विरुद्ध ४६ अंक लिदै मालिका प्रथम भएको छ भने छात्र कबड्डी प्रतियोगितामा अन्नपूर्णलाई २४ का विरुद्ध २५ लिदै बेनी नगरपालिका प्रथम भएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० पुष २४, मंगलवार ०३:०७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० पुष २४, मंगलवार ०३:०७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० पुष २४, मंगलवार ०३:०७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP