२०८३ श्रावण ८
July 24, 2026, Friday

धवलागिरीको २१औँ गाउँसभा ः चार करोड थप बजेट विनियोजन

म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८१ को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ ।

Advertisement

गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो ।

४८ करोड १२ लाख ९४ हजार रुपैयाँको संसोधित बजेट पारित भएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले बताए । विभिन्न ४२ वटा योजना तथा कार्यक्रमका लागि थप चार करोड २३ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन भएको हो ।

जेष्ठ नागरिक र अपाङ्गता भएका विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले सात वटै वडामा सर्ने÷नसर्ने दिर्घ रोग स्कृनिङ स्याटेलाइट क्लिनिक तथा औषधी वितरण कार्यक्रम मार्फत जेष्ठ नागरिक, अपाङ्ग, दिर्घरोगी र विपन्न नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिइने बताए ।

‘चिकित्सक र स्वास्थ्यकर्मी घरघरमै पुुगेर परिक्षण, परामर्श र उपचार सेवा दिने व्यवस्था मिलाएका छौ,’ उनले भने ‘एक महिनाको लागि औषधी पनि निशूूल्क उपलब्ध गराउछौ । यो कार्यक्रमले धवलागिरीमा स्वास्थ्य क्षेत्रमा जागरण र सुधार ल्याउने अपेक्षा गरेका छौ ।’

भौगोलिक रुपमा विकट र दुुर्गम क्षेत्रका सर्वसाधारणहरु गरिवी, चेतनाको कमी र स्वास्थ्य संस्थामा पहुँच नहुँदा रोग पालेर बस्नुपर्ने समस्या हट्ने उनले बताए ।

गाउँपालिकामा आवश्यक पर्ने फलफुुल र जडिवुुटीको बिरुवा उत्पादन गर्न पालिकालेनै नर्सरी स्थापना गर्न रु. पाँच लाख, सबै स्वास्थ्य संस्थामा शिशुु स्वागत घर निर्माण र सञ्चालन गर्न पाँच लाख रुपैयाँ, भिडियो एक्सरे सेवा सञ्चालनका लागि युुएसजी मेसिन खरिद गर्न आठ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

अपाङ्ग स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा सहायता सामग्री वितरण गर्न पाँच लाख, ३० जना युुवाहरुलाई ३ महिने सिप सिकाई तथा प्रविधी हस्तान्तरण गर्न दश लाख, जोखिमयुुक्त घरहरुको जोखिम आवास बिमाका लागि दुुई लाख पचास हजार, आवधिक योजना बनाउन १२ लाख, जग्गा वर्गीकरण गर्न पाँच लाख, सबै विद्यालयमा विद्यार्थी गुुनासो पेटिका राख्न एक लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष रेशम पुुनमगरले जानकारी दिए ।

गत आर्थिक वर्षको अधुुरा योजनाहरु मध्य मुुदी–खिवाङ सडक, मराङ एक घर, एक धारा, वडा कार्यालय भवन निर्माणलाई पूूर्णता दिन एक करोड पचास लाख रुपैयाँ बिनियोजन भएको छ ।

सभामा लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले पेश गरेको बेरुजुु फस्यौट सम्बन्धी प्रस्ताव पारित भएको छ । चालुु आर्थिक वर्षमा बिनियोजन भएको मध्य हाल चालुतर्फ ३४.४४ प्रतिशत र पुुजिगत तर्फ ४.४४ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुुवेदीले बताए ।

८७ वटा योजना मध्य हालसम्म ११ वटा सम्पन्न भएका छन् । असोज देखि मंसिर महिनासम्म प्रशासकीय अधिकृत नहुँदा योजना र बजेट कार्यान्वयनमा समस्या भएको थियो ।

गत महिना प्रमुख प्रशासकीय अधिकृत आएको, ठेक्काका योजनाहरु प्रक्रीयामा लिएको र उपभोक्ता समितिसँग सम्झौता गर्न वडामै घुुम्ति शिविर सञ्चालन गरिने गाउँपालिका अध्यक्ष पुनले बताए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP