२०८३ असार १०
June 24, 2026, Wednesday

पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुुरस्कृत

म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।

Advertisement

मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा  धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

Advertisement

म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम, लोक कलाकार खड्ग गर्बुुजा र अपाङ्गता भएकाहरुबीच हुुने अन्तराष्ट्रिय खेलकुुद प्रतियोगितामा पदक दिलाएका केशव थापा रहेका छन् ।  गौतम, गर्बुजा र थापालाई नगद दश हजार पाँच सय रुपैयाँ सहित दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।

धवलागिरी गाँउपालिका–७ ताकममा जन्मिएका गौतम १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । यानीमाया, सालैजो, सुनिमाया लगायत म्याग्दी आसपासका लोकभाकालाई स्थापित गराउन योगदान गरेका गर्बुजाको जन्मथलो धवलागिरी गाउँपालिका–६ मराङ हो । ह्वीइल चियरमा बसेर खेलीने अन्तराष्ट्रिय टेवल टेनिस खेलमा नेपाललाई स्वर्ण पदक दिलाएका ३२ वर्षीय केशवको जन्मथलो धवलागिरी गाउँपालिका–७ धारापानी हो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुन, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगरले पुुरस्कार वितरण गरेका थिए । यसैगरी गाउँपालिकाको प्राबिधिक शाखाका प्रमुुख लोकेन्द्र रावल, लेखा शाखा प्रमुख तिलक शंकर पौडेल, शिक्षा शाखाका प्रमुुख ख्यामराज सुुवेदी, वडा सचिव बेदनाथ सुुवेदी र कार्यालय सहयोगी सतदेवी जुुग्जालीलाई पनि नगद सहित पुुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुुवेदीले जानकारी दिए ।

केही दिनअघि बेनीमा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाएका खेलाडीहरुलाई समेत पुुरस्कृत गरिएको छ । प्रतियोगितामा धवलागिरीका १८ जना खेलाडीले १८ वटा पदक जितेका थिए । उनिहरुलाई ३२ हजार रुपैयाँ नगद पुुरस्कार वितरण गरिएको हो । कलाकार गर्बुजाले लोक भाकामा स्थानीयबासीलाई नचाएका थिए ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP