२०८२ जेष्ठ ३०
June 12, 2025, Thursday

पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुुरस्कृत

म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।

Advertisement

मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा  धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

Advertisement

म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम, लोक कलाकार खड्ग गर्बुुजा र अपाङ्गता भएकाहरुबीच हुुने अन्तराष्ट्रिय खेलकुुद प्रतियोगितामा पदक दिलाएका केशव थापा रहेका छन् ।  गौतम, गर्बुजा र थापालाई नगद दश हजार पाँच सय रुपैयाँ सहित दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।

धवलागिरी गाँउपालिका–७ ताकममा जन्मिएका गौतम १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । यानीमाया, सालैजो, सुनिमाया लगायत म्याग्दी आसपासका लोकभाकालाई स्थापित गराउन योगदान गरेका गर्बुजाको जन्मथलो धवलागिरी गाउँपालिका–६ मराङ हो । ह्वीइल चियरमा बसेर खेलीने अन्तराष्ट्रिय टेवल टेनिस खेलमा नेपाललाई स्वर्ण पदक दिलाएका ३२ वर्षीय केशवको जन्मथलो धवलागिरी गाउँपालिका–७ धारापानी हो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुन, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगरले पुुरस्कार वितरण गरेका थिए । यसैगरी गाउँपालिकाको प्राबिधिक शाखाका प्रमुुख लोकेन्द्र रावल, लेखा शाखा प्रमुख तिलक शंकर पौडेल, शिक्षा शाखाका प्रमुुख ख्यामराज सुुवेदी, वडा सचिव बेदनाथ सुुवेदी र कार्यालय सहयोगी सतदेवी जुुग्जालीलाई पनि नगद सहित पुुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुुवेदीले जानकारी दिए ।

केही दिनअघि बेनीमा भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाएका खेलाडीहरुलाई समेत पुुरस्कृत गरिएको छ । प्रतियोगितामा धवलागिरीका १८ जना खेलाडीले १८ वटा पदक जितेका थिए । उनिहरुलाई ३२ हजार रुपैयाँ नगद पुुरस्कार वितरण गरिएको हो । कलाकार गर्बुजाले लोक भाकामा स्थानीयबासीलाई नचाएका थिए ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८० पुष २६, बिहीबार १४:२४

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८० पुष २६, बिहीबार १४:२४

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८० पुष २६, बिहीबार १४:२४

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP