२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

बेनीमा माघे संक्रान्ति मेला सुरु, जिल्लाको विकासमा सबैको साथ आवश्यक : गर्बुजा

म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि परम्परागत रुपमा मानाउदै आईएको माघे सङ्क्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरूको सक्रियतामा माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो ।

Advertisement

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित सुरु भएको मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा खम्बीरले महिला उद्यमीहरुले आयोजना गरेको मेलाबाट स्थानीय उत्पादनको प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । उनले जिल्लाका अपुरो विकास निर्माणलाई पूर्णता दिन निरन्तर ताकेता गरिरहेको बताए । ‘अलपत्र योजनालाई पूर्णता दिनेछौ, नयाँ योजना थपिने क्रम जारी छ, गर्बुजाले भने, बेनी–पाखापानी सडकको बहुबर्षे ठेक्का, मध्यपहाडी लोकमार्गको बैकल्पिक पश्चिम म्याग्दी हुदै जोड्ने सडकलाई २५ करोड बजेट सु्निश्चित भएको छ ।’

Advertisement

सदस्य गर्बुजाले थपे सम्रग म्याग्दी जिल्लाको विकासका लागि बजेट भित्राउन केन्द्रित भएका छौ । ‘सबैको साथ र सहयोगबाट मात्रै जिल्लाको विकास सम्भव छ, गठबन्धनबाट विजय भएका सांसदको एकता र सहकार्यबाट भित्रिएका योजनाहरूलाई समयमै सम्पन्न गर्न सबै राजनीतिक दलको साथ आवश्यक हुन्छ ।’

त्यस्तै प्रदेशसभा सांसद हरि भण्डारीले चुनावी बाचाहरू क्रमश पूरा हुने चरणमा रहेको बताउदै बजेट मागेपछि पाइने रहेछ, अहिलेको अनुभवले बाँकी कार्यकालमा पनि बजेटको लहर ल्याउने बताए । सोही अवसरमा प्रदेशसभा सदस्य बिमला र्गाचनले महिला उद्यमी सफल भएमात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् ।उनले महिलालाई हरेक क्षेत्रमा नेतृत्वतहमा लैजान सकेमा सम्रग देशको परिवर्तन सम्भव रहेको बताईन् ।

मेलामा म्याग्दीका चार विधामा उत्कृष्ट महिलालाई सम्मान समेत गरिएको छ । राजनीतितर्फ संविधानसभा सदस्य थममायाँ थापा, सिलाइकटाई तर्फ बेनपा–७ की कमला गिरी,कृषितर्फ बेनपा–२ लभ्लीहिलकी पवित्रा कार्की र कलाकारतर्फ रघुगंगा गाउँपालिका–७ की धनकुमारी थापालाई सम्मान गरिएको थियो ।

मेलामा स्थानीय उत्पादनको प्रदर्शन र कला संस्कृतिको संरक्षण प्राथमिकतामा राखेर महोत्सव स्थलमा राखिएका स्टलहरुमा स्थानीय उत्पादन मात्र राखिएको आयोजक महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो ।
स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य, परम्परागत खानाको परिकार तथा माघेसङ्क्रान्तिको महत्वलाई प्राथमिकता दिइएको छ । स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुलाई निशुल्क ब्यवस्था मिलाइएको छ ।

म्याग्दीको बेनीमा तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेला आयोजना हुँदै आएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले २०५७ सालदेखि जिल्लामा उद्योग वाणिज्य संघको अगुवाइमा माघेसङ्क्रान्ति मेला हुँदै आइरहेकोमा अहिले पनि मेलालाई निरन्तरता दिइएको बताए ।

मेला सम्पन्न गर्नको लागि १० लाख ८० हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लास्तरमा हुने महोत्सव तथा मेलाले जिल्लाको पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रम अध्यष श्रेष्ठको अध्यक्षता, सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठ, सचिब कमला सुबेदी र समापन समितिकी बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले गरेका थिए । मेलाको उद्घाटन पूर्व बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । मेला पुस २९ देखि माघ २ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP