२०८३ बैशाख १६
April 29, 2026, Wednesday

बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरू

म्याग्दीको सदरमुकाम बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा खुल्लामञ्चमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले विद्यालयस्तरमा देखिएका खेल प्रतिभाको पहिचान गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, मुख्य प्रायोजक गौमती विकास कोषका सन्दिप खत्रीले भलिबलबाट म्याग्दीलाई चिन्ने अवसर मिलेकाले प्रतिभावान खेलाडीमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको छ । शिक्षकतर्फ २० र शिक्षिकातर्फ ९ वटा विद्यालय सहभागि भएका छन् ।

Advertisement

ग्दी जिल्लाको विद्यालयस्तरमा रहेका भलिबल खेलाडीको खेल पहिचान तथा नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउन प्रतियोगिताको आयोजना गरिएको भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।विद्यालय खेलाडी उत्पादनको नर्सरी भएकोले अब हरेक बर्ष नियमित प्रतियोगिता हुने र खेलाडीसँगै शिक्षकलाई समेत भलिबलमा आर्कषित गर्न शिक्षक बिचको खेललाई समेत सँगै लैजाने अध्यक्ष बानियाँको भनाई छ ।

प्रतियोगिताको छात्रछात्रातर्फ प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक शिक्षिकातर्फ प्रथम पुरस्कार २० हजार र द्वितीय पुरस्कार १० हजार ट्रफि, मेडल प्रमाणपत्र रहेको छ । विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय र मैत्रिपूर्ण भलिबलमा नेपाल प्रहरी र भलिबल संघलाई नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतियोगिताको उद्घाटन समारोहको अध्यक्षता संघका अध्यक्ष बानियाँ, स्वागत सचिव कुमार किसान र सञ्चालन संञ्चारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो । यसैबीच मंगलबार सम्पन्न भएको खेलमा छात्रतर्फ म्याग्दी बहुमुखी क्याप्पस, जनकल्याण मावि पुलाचौर, महेन्द्ररत्न मावि वरंजा, ज्ञान प्रकाश मावि दाना र छात्रातर्फ बेनी सामुदायिक मावि, प्रकाश मावि (ए), म्याग्दी बहुमुखी क्याप्पस र महेन्द्र मावि झीँ दोस्रो चरणमा प्रवेश गरेका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० माघ ९, मंगलवार १३:३२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० माघ ९, मंगलवार १३:३२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० माघ ९, मंगलवार १३:३२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP