२०८३ बैशाख २
April 15, 2026, Wednesday

दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द

म्याग्दीमा निर्माणधिन दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य रोकिएको छ । जिल्लाको मालिका गाउँपालिकामा निर्माणधिन अबस्थामा रहेको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको मुख्य निर्माण कार्य नै बन्द भएको हो । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो ।

Advertisement

बि.स. २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको सुरुङमार्ग खन्न थालिएको मालिका गाउँपालिका–६ गोचाखोला क्षेत्रमा अहिले मेसिन उपकरणहरु मात्रै रहेका छन् । डोजर,सुरुङ खन्न प्रयोग गरिने मेसिन उपकरण र रड लगायतका निर्माण सामाग्री सुरुङ अगाडी अलपत्र अवस्थामा छन् ।

Advertisement

आयोजनाको पुरा क्षमतामा निर्माण कार्यलाई अघि बढाउने गरि केहि समयदेखि सुरुङको काम रोकिएको भएपनि थप मेसिन उपकरण र जनशक्ति व्यवस्थापन गरेर दुई ठाउँबाट सुरुङमार्ग खन्ने तयारी भैरहेको आयोजना प्रमुख गोपाल रेग्मीले जानकारी दिनुभयो ।
‘‘ अब फेरी सुरुङको काम सुरु हुन्छ, अहिले एउटा अडिटबाट सुरुङ खन्दै आएका थियौँ, यसै माघ २० गतेबाट हामीले दुई ठाउँबाट सुरुङमार्ग खन्ने गरि प्रवन्ध मिलाउँदै छौँ, अहिलेपनि कर्मचारी आवासगृहतर्फको काम भैरहेको छ’’– आयोजना प्रमुख रेग्मीले भन्नुभयो । उहाँका अनुसार, यस आयोजनाको सुरुङमार्गतर्फ अहिलेसम्म करिब ३५ प्रतिशत काम सकिएको छ ।

कुल २ हजार ८५० मिटर लामो सुरुङमार्ग बनाउनुपर्नेमा अहिलेसम्म ९९५ मिटर सुरुङ निर्माण सकिएको आयोजनाले जनाएको छ । पाँच बर्ष अगाडी तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाद्धारा आयोजनाको दुखुबेशीको बालौटेमा निर्माण हुने पावरहाउसको शिलान्यास गरिएको थियो ।

तर यस आयोजनाको सुरुङ बाहेक विद्यूतगृह र ड्यामसाईट तर्फ कुनै काम सुरु भएको छैन् । आयोजनाको सुरुङ निर्माणमा विष्फोटक पदार्थको अभाबले काम नभएको बुझिन आएको र पालिकाले काम अघि बढाउन प्रवद्र्धकहरुसंग समन्वय गरिरहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताउनुभयो । ‘‘स्थानीय स्तरमा केहि समस्या छैन, हामीले सहजीकरण गर्ने काममा सहयोग गरिरहेका नै छौँ’’– अध्यक्ष गर्वुजाले भन्नुभयो ।

आयोजनाको निर्माण कार्य कछुवा गतिमा भएपछि लगानीकर्ताहरु समेत चिन्तित बनेका छन् । मालिका गाउँपालिका– ५ देविस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याईने पानीलाई दुखुबेसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने पावरहाउसमा खसालेर विद्युत उत्पादन गर्ने तयारी छ । ५ अर्ब १५ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने आयोजनाले जनाएको छ ।

Related News

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० माघ ११, बिहीबार ०१:५६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० माघ ११, बिहीबार ०१:५६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
  • २०८० माघ ११, बिहीबार ०१:५६

मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने...

TOP