२०८३ बैशाख २१
May 4, 2026, Monday

गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली

गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् ।

Advertisement

माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको दुई जिल्लाको स्थायी रुट प्रमिटको व्यवस्था हटाइएको छ । यसअघी दुई जिल्लाका लागि मात्रै स्थायी रुट परमिट पाउने सवारी साधनले दुई जिल्ला बाहिर जाँदा अस्थायी रुट प्रमिट (पटके) काट्नुपर्ने व्यवस्था थियो ।

Advertisement

यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०४९ ले गरेको व्यवस्थाका कारण मर्कामा पर्दै आएका व्यवसायीले प्रदेशभर चाहना अनुसार स्थायी रुट परमिट पाउने भएपछि दिपावली गरेर खुसीयाली मनाएका हुन् ।

बेनी यातायात प्रा.लीले बेनीमा, धौलागिरी यातायात सेवा प्रा.लि.ले बागलुङमा, बुर्तिवाङ, गोरखा, कुश्मामा हलुका सवारी व्यवसायीहरुले शनिबार साँझ एकै समयमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् ।

म्याग्दीका हलुका सवारी व्यवसायीहरुको ¥याली बेनी बजार परिक्रमा गरेर बिरेन्द्रचोकमा दिपावली गरेका थिए । बाग्लुङमा लोकतान्त्रीक चोकमा पुगेर दिपावली गरेका थिए । गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिँदै व्यवसायी कुमार थापा र कपिल शर्माले प्रदेश सरकारले व्यवसायीलाई न्याय गरेको बताउनुभयो ।

प्रदेश राजधानी पोखरा अवस्थित कास्की पुुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बाग्लुुङ जिल्लाका ट्याक्सी, जिप व्यवसायी र यात्रुहरुका लागि नयाँ व्यवस्थाले सहज हुने बेनी यातायात प्रा.लि.का सञ्चालक टिका पुर्जाले थापाले बताउनुुभयो ।

“ट्याक्सी सेवा लिने धेरै यात्रुहरुको आकस्मिक काम परेका र बिरामीनै हुुने गर्छन,” उहाँले भन्नुुभयो “एक पटकलाई मात्र जारी हुने पटके लिन राती र कार्यालय बाहेकको समयमा कर्मचारीलाई फोन गरेर उनिहरुको घर, निवास र डेरामा पुुगेर पटके लिनुपर्ने समस्या हटेको छ ।”

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० माघ २०, शनिबार १६:१८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० माघ २०, शनिबार १६:१८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० माघ २०, शनिबार १६:१८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP