२०८३ आश्विन १
September 17, 2026, Thursday

बिकु फ्यामिलि कपकाे उपाधि कालोलाई

बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ । बिकु फ्यामिलिले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिुक फ्यामिलि सेतोलाई २–० गोलले पराजित गर्दै बिकु फ्यामिलि कालोले उपाधि माथि कब्जा जमाएको हो ।

Advertisement

माघ १६ गतेदेखि शुरु भएको फुटबल प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यस्तै संकल्प सुधार केन्द्र बागलुङलाई २–१ गोलले पराजित गर्दै एभरग्रिन क्लब बेनीले तेश्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको पहिलो हुने बिकु कालोले एक लाख ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । दोश्रो हुने बिकु सेतोले ७७ हजार सात सय ७७ र तेश्रो स्थान हासिल गरेको एभरग्रिन क्लब बेनीले २२ हजार दुई सय २२ रुपियाँ पुरस्कारका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको बिकु फ्यामिलिका सल्लाहकार आशिष भुजेल क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विदेशी खेलाडीले म्याग्दीको बेनीमा आएर आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए । प्रतियोगितामा बिकु फ्यामिलिका तर्फबाट अफ्रिका महादेशको नाइजेरीयन खेलाडी अलु ओलासले पनि प्रतियोगितामा सहभागिता जनाएको भुजेलले बताउनुभयो ।

प्रतियोगितामा फेयर प्ले अवार्ड प्राप्त गरेको कालिपुल युनाइटेड क्लबले नगद आठ हजार आठ सय ८८ रुपियाँ तथा ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा बिकु सेतोका किपर प्रमेश्वर कार्की उत्कृष्ट गोलकिपर, बिकु कालोका पुरन छन्त्याल उत्कृष्ट डिफेन्डर, बिकु कालोका बिकास लामाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रतियोगिताभर ४ गोल गरी सर्वाधिक गोलकर्ता विकु कालोका दिनेश घर्ती मगर हुनुभएको छ ।

प्रतियोगिताको समापनमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले खेलकुद क्षेत्रमा महिला उपस्थिति कम भएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले मैदानमा खेलकुद हुँदै गर्दा नाचगानमा मात्रै महिलाहरुको प्रयोग तथा उपस्थिति भएको भन्दै चिन्ता जनाउनु भएको थियो । उहाँले अर्को वर्ष विकु फ्यामिलिले महिलाको प्रतियोगिता आयोजना गर्नु पर्ने भन्दै अर्को पटक मैदानमा नारीको उपस्थिति हेर्ने आफ्नो चाहना रहेको धारणा राख्नु भएको थियो ।

बिकु फ्यामिलिका अध्यक्ष सफल बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन सुमित सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा एन्फा म्याग्दीका अध्यक्ष कुमार बानियाँ, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङलगायतले मेडल, ट्रफि तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP