२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

दग्नाम स्वास्थ्य चौकी भवन उद्घाटन

साधन राम्जाली/धनिलाल गर्बुजा
जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना,बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । बागलुङको बन्धन भगवती डेभ एण्ड सायर तिलक जेबीले बि.सं.२०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो ।

Advertisement

कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले भवन निर्माण भएपनि सेवा प्रवाहमा सहज हुने बताउनुहुँदै अब स्वास्थ्यका लागि आवश्यक सामग्री व्यवस्थाको लागि गाउँपालिका,प्रदेश र सङ्घीय सरकारविच सहकार्य र समन्वय गर्ने बताउनुभयो । सांसद गर्बुजाले जिल्लाका सबै वडाका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन आफुले थप पहल गर्ने बताउनुभयो । साथै उहाँले म्याग्दीमा प्रदेश र सङ्घबाट भित्रिएका आयोजनालाई गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्न सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

निर्माण व्यवसायी भुपेन्द्र खड्काका अनुसार ,दुई तलाको भवनमा दुई वटा आवासीय प्रयोजन सहित ९ वटा कोठा,सार्वजनिक सौचालय लगायत संरचना निर्माण भएका छन् । भने सोलार वाटर हिटर र इन्भटर पनि जडान गरिएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सम्झौता भएपनि समयमै जग्गा व्यवस्थापन नहुँदा थप गरिएको आठ महिना समाप्ती अगावै पुसमा भवन निर्माण सकेर आइतबार हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालय प्रमुख सुनिता श्रेष्ठले बताउनुभयो ।भुकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवन निर्माण भएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य चौकी इञ्चार्ज सुकमति गर्बुजाले पहिले साँघुरो कोठा भएका भवनबाट सेवा दिँदै आएको बताउनुभयो ।उहाँले भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार, भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले आठ लाख मुल्य बराबरको पाँच रोपनी जग्गा चार लाख रुपैयाँमा प्रदान गर्नुभएको बताउनुभयो । जग्गा खरिदका लागि अध्यक्ष भण्डारी र४का निवर्तमान वडा अध्यक्ष रुकबहादुर गर्बुजाको नेतृत्वमा आर्थिक सहयोग रकम सङ्कलन गरिएको थियो ।आइतबार जग्गादाता थजालीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन ,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल ,वडा अध्यक्ष पविन गर्बुजा ,वडा नम्बर २ का वडा अध्यक्ष अमृत भण्डारी,स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाही लगायतले बोल्नुभएको थियो । पञ्जिकरण शाखाकी फिल्ड सहायक फुलमाया गर्बुजाले संचालन गर्नुभएको कार्यक्रममा दर्मिजा स्वास्थ्य इकाइकी अहेव बिमा पाइजाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनता माविका विद्यार्थी र शिक्षक ,आमा समुह,क्लबका कलाकार ,स्वास्थ्यकर्मी लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP