२०८३ असार ६
June 20, 2026, Saturday

बेनी बोर्डिङ कप उपाधी आयोजकलाई

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ बोर्डिङ र केबी एकेडेमी दरबाङले बालमन्दिर मावि कालिपुललाई पन्छाउँदै फाइनलको यात्रा तय गरेका थिए ।


फाइनलमा विजेता र उपविजेताले क्रमश नगर ३० हजार र १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । विजेतालाई बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, विद्यालयका संस्थापक रेशम बानियाँ, प्रिन्सिपल मोहन अधिकारी, फुटबल संघका अध्यक्ष कुमार बानियाँ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

Advertisement


प्रतियोगितामा बेनी बोर्डिङका अभिषेक घिमिरे उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी सुझाव बानियाँ,उत्कृष्ट मिडफिल्डर एन्जल घर्ती, उत्कृष्ट डिफेन्डिर अरुण शेरपुन्जा,सार्वाधिक गोलकर्ता केबी एकेडेमीका खिम थापा, उत्कृष्ट स्ताइकर केबीकै खिम थापा, अनिशासित टिम दरबाङ बोर्डिङ र उत्कृष्ट कोच बेनी बोर्डिङका बिनोद घर्तीलाई ट्रफी प्रदान गरिएको थियो ।

बि(स २०७९ साल चैत्र २६ गते स्वर्गारोहण भएका विद्यालयका विद्यार्थी हिमाल रोकाको स्मृतिमा आयोजित प्रतियोगितामा जिल्लाभरबाट १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन मंगलबार विद्यालयको प्राङ्गनमा खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले गरेका थिए । आधारभुत तहमा फुटबलका प्रतिभा पहिचानमा यो प्रतियोगिताको महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP