बेनी ।प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।
‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको कामलाई तत्काल अगाडी बढाउनको लागि फाइल खानेपानी मन्त्रालयबाट अर्थमन्त्रलायमा पु¥याइएको छ ।र,अर्थमन्त्री ज्युले पनि आयोजनाको बजेटको श्रोत सिनिश्चता गर्नका लागि प्रतिबद्धता जनाउनुभएकोले आयोजनाका काम छिट्टै अघि बढ्ने विश्वास लिएको छु,’उहाँले भन्नुभयो ।
साथै बेनी खानेपानीलाई दिगो बनाउन आफुले आवश्यक सहयोग गर्ने बताउँदै सांसद गर्बुजाले बजारलाई सरसफाईयुक्त र व्यवस्थित बनाउनमा ध्यान दिन आग्रह गर्नुभयो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत् अघि बढाइने चिमखोला–भगवती–पिप्ले खानेपानी आयोजनाको करिब ४८ करोड र बृहत् घोप्टेखोला खानेपानी आयोजनाको लागि करिब ४७ करोड लागत अनुमान गरिएको छ । बेनी नगरपालिका प्रमुख सुरत केसीले संस्थाले बजारमा खानेपानी आपुर्तिको लागि राम्रो काम गरिरहेको बताउँनुभयो ।
कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापाले निर्माणाधिन बेनी गुणस्तर सुधार खानेपानी आयोजनाको करिब ८५ प्रतिशत सम्पन्न भएको र यो आयोजना सम्पन्न भएपछि नेपाल राष्ट्रिय गुणस्तर मापदण्ड अनुसारको पानी वितरण हुने जानकारी दिनुभयो ।
भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेल,पुर्व अध्यक्ष करिकृष्ण श्रेष्ठ , नेपाल मंका खलःका कार्यवाहक अध्यक्ष कुबिरकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले आफ्नो कार्यकालमा संघ,प्रदेश मन्त्रालय र सम्बन्धित कार्यालय सँगको समन्वय र सहकार्यमा विभिन्न पुर्वाधार संरचनाहरु निर्माण भएको बताउनुभयो । उहाँले संस्थाबाट लेखा,विलिङ,मिटर रिडिङ ,स्टोर तथा पानीको गुणस्तर परिक्षणका लागि आधुनिक प्रविधिको प्रयोग गर्नुका साथै अनलाइन भुक्तानी प्रणाली मार्फत आर्थिक प्रादर्शिता कायम गरेको बताउनुभयो ।
यसैगरी संस्थाले उत्कृष्ट कर्मचारी ,उपभोक्ता र योगदान पु¥याउने कम्पनी ,संस्था र कार्यालयहरुलाई सम्मान गरेको छ । संस्थाको कार्यालयमा कार्यरत कर्मचारी भीमबहादुर किसानलाई नगद पाँच हजार रुपैयाँ ,उत्कृष्ट उपभोक्तातर्फ शिक्षा विकास तथा समन्वय इकाईृ , संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी ,जय धनन्वय मंगलादेबी सुवास जेवी ,कालिगण्डकी करिडोर आयोजना र बराहपाखो सामुदायिक वन उपभोक्ता समितिलाई दोसल्ला ,प्रमाणपत्रले सम्मान गरेको हो ।
कार्यक्रममा सचिव राजेन्द्रकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको आर्थिक वर्ष २०७९÷८० मा दुई करोड ६१ लाख ९८ तीन सय ७४ रुपैयाँ कुल आम्दानी र संचालन आम्दानी रहेकोमा दुई करोड ४६ लाख ७३ लाख दुई सय ८६ रुपैयाँ संचालन र अन्य खर्च रहेको छ । आर्थिक वर्ष २०७९÷०८०मा संस्थाले नगर विकास कोषलाई १७ लाख ६० हजार ७७१ रुपैयाँ सावाँ किस्ता र पाँच लाख पचास हजार १२३ रुपैयाँ ब्याज भुक्तानी गरेको कोषाध्यक्ष हमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार,८७ लाख ८८ हजार ८९१ रुपैयाँ नगर विकास कोषलाई भुक्तानी गर्न बाँकी रहेको छ । साथै संस्थाको बैंक तथा नगद मौज्दाततर्फ दुई करोड ४९ लाख ८७ हजार १५८ रहेको छ ।सचिव श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रमेश गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । बेनी नगरपालिका–७ र ८ तथा वडा नम्बर २ हाँडेभिरका करिब २२ हजार उपभोक्ताहरुले खानेपानी उपभोग गर्दै आइरहेका छन्।
Advertisement म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ । बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा...
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालय र चेनुङमा शसस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टको भवन...
घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा...