२०८२ माघ ८
January 21, 2026, Wednesday

म्याग्दीमा २० करोड बराबरकोे सुन्तला बिक्री

राकेश शर्मा । म्याग्दीबाट यस बर्ष २० करोड बराबरको सुन्तला विक्री भएको छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएको सुन्तला धादिङ, काठमाडौँ, पोखरा लगायतका ठाउँमा निकासी भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जानाएको छ ।
अहिले जिल्ला अधिकांश ठाउँका सुन्तला निकासी भैसकेको र केही बगैंचामा सुन्तला टिप्दै गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्जिव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको विभिन्न ठाउँका सुन्तलाको मुल्य फरक÷फरक भएतापनि सरदरका हिसाबले प्रतिकेजि साठी रुपैयाँका दरले विक्री गर्दा २० करोड मुल्यको सुन्तला किसानको बगैंचाबाट विक्री भएको छ ।

Advertisement

‘अनुकुल मौसम र रोग किराको समस्या कम भएपनि सुन्तलाको फुल खेल्ले समयमा असिना र पानी परेका करण अघिल्लो बर्षको तुलनामा उत्तरी भेगमा उत्पादनमा कमी आएपनि अन्य क्षेत्रमा राम्रो भएका कारण राम्रो मुल्यमा विक्री भएको छ ।’ बाँस्तोलाले भन्नुभयो– जिल्लाको राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा लगायत क्षेत्रमा सुन्तला उत्पादन हुन्छ ।
आठ सय दश हेक्टरमा सुन्तला खेती हुने भएपनि म्याग्दीमा चार सय हेक्टरमा मात्र सुन्तला खेती गरिएको बाँस्तोलाले बताउनुभयो । ३ हजार ४४० मट्रीक टन उत्पादन भएको हो ।

Advertisement

कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ गर्ने र सुन्तलालाई लाग्ने रोगबाट जोगाउने बारेमा विभिन्न समय तालिम र अनुदान समेत दिएका छन् ।

चालु आर्थिक बर्षमा सुन्तला बैगैचा सुदृढीकरण गर्नका लागि ७४ लाख बजेट सहितको कार्यक्रम संचालन गरिएको ज्ञान केन्द्रले जनाएको छ । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुगेका थिए ।

सुन बेचेर सुन्ताल रोप्नुभएकी बेनी नगरपालिका–४ की तिलकुमारी हुमेनले यस बर्ष १० लाख आम्दानी गरेको बताउनुभयो । ‘अहिले हामी सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएको छ, यसले नै सबै घरखर्च देखि छोराहरुलाई विदेश पठाउन सम्म अरुकोमा ऋण माग्नु परेन ।’ हुमेनले भन्नुभयो– खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले सुन्तला लगाउन सल्लाह दिएको बताउनुभयो ।

अहिले जिल्लाको बेनी नगरपालिका–४ सिंगा र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चिस्यान गृह निर्माण भए संगै सुन्तलालाई भण्डारण गरेर बेसिजनमा विक्री गर्दा किसानले राम्रो आम्दानी गरेका छन् ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८० माघ २८, आईतवार १५:११

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८० माघ २८, आईतवार १५:११

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०८० माघ २८, आईतवार १५:११

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP