२०८३ श्रावण १५
July 31, 2026, Friday

म्याग्दीमा २० करोड बराबरकोे सुन्तला बिक्री

राकेश शर्मा । म्याग्दीबाट यस बर्ष २० करोड बराबरको सुन्तला विक्री भएको छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएको सुन्तला धादिङ, काठमाडौँ, पोखरा लगायतका ठाउँमा निकासी भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जानाएको छ ।
अहिले जिल्ला अधिकांश ठाउँका सुन्तला निकासी भैसकेको र केही बगैंचामा सुन्तला टिप्दै गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्जिव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको विभिन्न ठाउँका सुन्तलाको मुल्य फरक÷फरक भएतापनि सरदरका हिसाबले प्रतिकेजि साठी रुपैयाँका दरले विक्री गर्दा २० करोड मुल्यको सुन्तला किसानको बगैंचाबाट विक्री भएको छ ।

Advertisement

‘अनुकुल मौसम र रोग किराको समस्या कम भएपनि सुन्तलाको फुल खेल्ले समयमा असिना र पानी परेका करण अघिल्लो बर्षको तुलनामा उत्तरी भेगमा उत्पादनमा कमी आएपनि अन्य क्षेत्रमा राम्रो भएका कारण राम्रो मुल्यमा विक्री भएको छ ।’ बाँस्तोलाले भन्नुभयो– जिल्लाको राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा लगायत क्षेत्रमा सुन्तला उत्पादन हुन्छ ।
आठ सय दश हेक्टरमा सुन्तला खेती हुने भएपनि म्याग्दीमा चार सय हेक्टरमा मात्र सुन्तला खेती गरिएको बाँस्तोलाले बताउनुभयो । ३ हजार ४४० मट्रीक टन उत्पादन भएको हो ।

कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ गर्ने र सुन्तलालाई लाग्ने रोगबाट जोगाउने बारेमा विभिन्न समय तालिम र अनुदान समेत दिएका छन् ।

चालु आर्थिक बर्षमा सुन्तला बैगैचा सुदृढीकरण गर्नका लागि ७४ लाख बजेट सहितको कार्यक्रम संचालन गरिएको ज्ञान केन्द्रले जनाएको छ । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुगेका थिए ।

सुन बेचेर सुन्ताल रोप्नुभएकी बेनी नगरपालिका–४ की तिलकुमारी हुमेनले यस बर्ष १० लाख आम्दानी गरेको बताउनुभयो । ‘अहिले हामी सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएको छ, यसले नै सबै घरखर्च देखि छोराहरुलाई विदेश पठाउन सम्म अरुकोमा ऋण माग्नु परेन ।’ हुमेनले भन्नुभयो– खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले सुन्तला लगाउन सल्लाह दिएको बताउनुभयो ।

अहिले जिल्लाको बेनी नगरपालिका–४ सिंगा र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा चिस्यान गृह निर्माण भए संगै सुन्तलालाई भण्डारण गरेर बेसिजनमा विक्री गर्दा किसानले राम्रो आम्दानी गरेका छन् ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP