२०८३ श्रावण ८
July 24, 2026, Friday

गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो ।

Advertisement

 पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले  बागलुङ नगरपालिका ६ स्थित  ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा गण्डकी सरकारको मन्त्रिपरिषद् वैठक बसेको छ । वैठकमा सभागि हुन मुख्यमन्त्री सरेन्द्रराज पाण्डे लगायतका अन्य मन्त्रीहरु सोमबार विहान पञ्चकोटमा आउनुभएको थियो । पञ्चकोटमा आगमी  फागुन ९ देखि २३ गते सम्म अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना हुँदै छ । गण्डकी प्रदेश सरकारले महायज्ञको प्रचारप्रसारलाई टेवा पु¥याउन महायज्ञस्थलमै वैठकको आह्वान गरेको हो ।

मन्त्रिपरिषद् वैठकले क्यान्सर र ब्रेन ट्युमरका ७० जना विरामीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका ८ वटा निर्णयहरु गरेको सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।

प्रवक्ता तिवारीले दिएको जानकारी अनुसार वैठकले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने,गोरखाको नासो गाउँपालिकाको वडा सीमाना संसोधनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,सपमुरक तथा विशेष अनुदान अन्तर्गत आयोजना÷कार्यक्रम समावेश गर्न नेपाल सरकार मार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी गण्डकी प्रदेश आन्तरिक लेखापरिक्षण निर्देशिका २०८० स्विकृत गर्ने,गण्डकी प्रदेश साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जमाको लागि सैद्धान्तिक स्विकृति दिने निर्णय वैठकले गरेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

यस्तै वैठकले गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृति दिने र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण,विस्तार,तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० लाई गण्डकी प्रदेश सभामा पेश गर्न स्विकृत दिने सम्बन्धी निर्णय भएको उहाँले जानकारी दिनुभयो । वैठकले फागुन ९ गते देखि २३ गते सम्म पञ्चकोटमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सफल पार्न प्रदेश सरकारले आर्थिक र नैतिक सहयोग गर्ने प्रवक्ता तिवारीले बताउनुभयो ।

पञ्चकोटमा गण्डकी प्रदेश  सरकारको मन्त्रिपरिषद वैठकले  पञ्चकोटवासीहरु उत्साहित भएको वडा नम्बर ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।  प्रदेश सरकारको मन्त्रिपरिषदको वैठकले हामीलाई उत्साहित बनाएको छ ब्रह्माण्डीय महायज्ञका संकल्प कर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले भन्नुभयो, ‘‘वैठकले महायज्ञको प्रचारप्रसारलाई थप सहयोग मिल्ने आशा गरेका छौं ।’’ पञ्कोटलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गरी मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन  नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको कमलनयनाचार्यले बताउनुभयो । एकसय ८ कन्याहरुबाट महायज्ञको सामुहिक उद्घाटन गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
 महायज्ञको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP