२०८३ असार २७
July 11, 2026, Saturday

सुरक्षित वैदेशिक रोजगारको विषयमा सरोकारवालासँग छलफल

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार दियो सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सरोकारवालाहरुसँग वैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ‘सामुदायिक विकासका लागि सामुदायिक पुस्तकालय’ भन्ने मूल नारासहित म्याग्दी सामुदायिक पुस्तकालय एवं गण्डकी प्रदेशको आयोजनामा सरोकारवालासँग वैठकको साथै अन्तत्र्रिmया र छलफल गरिएको हो ।

कार्यक्रममा रिड नेपालका सिनियर कोअर्डिनेटर भाग्यश्री विष्टले सहजीकरण गर्दै दियो परियोजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले म्याग्दीमा रिड नेपालको साझेदारीमा सन् २०१८ देखि ०२४ सम्म सञ्चालित दियो परियोजनामार्फत भए गरेका काम र सञ्चालित कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

जिल्लामा दियो परियोजनाको लागि रिड नेपालको तर्फबाट पाँचलाख ५० हजार रुपैयाँ बजेट आएको जनाइएको छ । दीगो विकासको लक्ष्यमा आधारित रहेर कार्यक्रमहरु सञ्चालन हुने गरेको उक्त कार्यक्रममा बताइएको थियो । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले म्याग्दी सामुदायिक पुस्तकालयको दीगो व्यवस्थापनमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले म्याग्दी सामुदायिक पुस्तकालयलाई आवश्यक पर्ने सहयोगको बारेमा योजना तथा कार्यक्रम बनाएर पेश गर्न आग्रहसहित नगरपालिकामार्फत सहयोग गर्ने बताउँदै पैसा कमाउनकै लागि भनेर विदेश जानुनपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख केसीले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पुस्तकालयले पनि पहल गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले म्याग्दी सामुदायिक पुस्तकालय सञ्चालन र व्यवस्थापनको लागि आवश्यक समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले म्याग्दी सामुदायिक पुस्तकालयले गरिरहेको काममा साझेदारी र सहयात्रा गर्ने अवसर पनि भएकाले पुस्तकालयले समन्वय गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुमन पौडेलको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दी सामुदायिक पुस्तकालयले स्थानीय तहमा प्रस्

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP