२०८२ फाल्गुन २३
March 7, 2026, Saturday

केवि एकेडेमीमा आइटि क्लासको तयारी ःप्रविधि र सीप सँगसँगै

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी होम्सले आइटि क्लास संचालनका साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेती लगाएत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको छ ।

Advertisement

विद्यार्थी र अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयले २० प्रतिशत छुटमा स्वास्थ्य जाँच तथा उपचार गर्न पाउनेगरी दरबाङ स्थित दरबाङ पोलिक्लिनिकसँग सम्झौता गरिसकेको छ । त्यसैगरी विद्यार्थी र अभिभावकलाई यातायातमा छुट दिनाउन यातायात व्यवसायीसँग सम्झौता गर्न लागिएको विद्यालयको संचालक तथा प्रवन्ध निर्देशक हिरा पुनले बताउनुभएको छ ।

Advertisement

प्रि–प्राइमरी लेभल (मन्टेश्वरी) को लागि छुट्टै ब्लक रहेको यस विद्यालयमा आगामी शैक्षिक वर्षदेखि आइटि क्लासको समेत तयारी सुरु भएको छ । अहिलेको समय सूचना प्रविधिको समय भएकोले विद्यालय तहमा नै विद्यार्थीहरुलाई सूचना प्रविधिमा पोख्त बनाएर पठाउने उद्धेश्य सहित आइटि क्लासको तयारी गरिएको प्रवन्ध निर्देशक पुनले बताउनुभयो ।

त्यसैगरी पश्चिम म्याग्दीका विभिन्न गाउँहरुमा कृषि र पर्यटनको समेत प्रशस्त सम्भावना रहेकोले विद्यालय तह देखि नै यी क्षेत्रहरुको बारेमा जानकारी दिन विद्यालयकै जग्गामा तरकारी खेती र नर्सरी स्थापनाको काम पनि अघि बढाइने उहाँले बताउनुभयो । त्यसैगरी पर्यटकीय स्थलहरुको जानकारी,होमस्टे (घरबास सेवा) को महत्व लगाएतका विषयहरुमा पनि विद्यार्थीहरुलाई सिकाउन सुरु गरिएको उहाँको भनाइरहेको छ ।

विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार बालमनोविज्ञानलाई ध्यान दिँदै प्रि पाइमेरी तहदेखि नै नयाँ व्यवस्थापन र पूर्वाधार सहित कक्षा संचालन भैरहेको र आगामी शैक्षिक वर्षमा अझै व्यवस्थित गर्नका लागि तयारी सुरु भैसकेको छ । त्यसैगरी आगामी शैक्षिक वर्ष (वैशाख) देखि कम्प्यूटर सिक्न चाहने अभिभावकहरुलाई पनि हरेक शुक्रवार कम्प्यूटर कक्षा संचालन गरिनेभएको छ ।

प्री प्राइमेरी ब्लकमा क्यान्टीन, खेलमैदान र प्रि–प्राइमरी विद्यालय प्रशासन पनि रहेको छ । १२ महिना घाम लाग्ने, उज्यालोको राम्रो व्यवस्था भएको कक्षा कोठाहरु पनि सजिएको र भुईमा म्याटसहितको कार्पेटिङ गरिएको छ । बालबालिकाहरुलाई पौष्टिकताले युक्त आग्र्यानिक खाजा,खेल्नका लागि फलामे पिङ, स्प्रिङ जम्पिङ लगाएतका साधनहरु जोडिएको छ । आ–आफ्नै शैक्षिक सामाग्री, दैनिक उपभोग्य सामान र जुत्ता राख्ने ¥याक समेत छुट्टाछुट्टै राखिएको छ ।

त्यस्तै विद्यालयले गत बुधबार सरस्वती पूजाका दिन विद्यार्थीहरुका लागि निःशुल्क भर्ना लिएको छ । एकैदिन सोचेभन्दा बढी बालबालिकाहरु भर्ना भएका प्रिन्सिपल शर्माले बताउनुभयो । के.वि एकेडेमी शैक्षिक गुणस्तरमा अब्बल मात्र नभएर इसिए र सिसिएमा पनि विद्यालयले उत्कृष्टता प्राप्त गर्दै आएको छ । यस विद्यालयमा अहिले पिजीदेखि कक्षा १० सम्म चारसय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० फाल्गुन ४, शुक्रबार १३:०३

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८० फाल्गुन ४, शुक्रबार १३:०३

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८० फाल्गुन ४, शुक्रबार १३:०३

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP