२०८३ श्रावण ९
July 25, 2026, Saturday

मंगलाको १७ औ गाउँसभाबाट दुई करोड बजेट रकमान्तर


म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ ।

Advertisement

गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु. दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको ११ वटा प्रस्तावहरु पारित भएको छ । लेखा समितिको प्रतिवेदन, बेरुजु फस्यौट र आर्थिक वर्ष २०८०÷०८१ को हालसम्मको आय व्यय अनुमोदन भएको छ ।

सभाले कुहुँ गाउँभित्रको मुख्य सडक स्तरोन्नतिका लागि रु. पचास लाख बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि बिनियोजन भएको कुल रु. ४७ करोड ६३ लाख ६९ हजार ४३१ बजेट मध्य हालसम्म रु. २३ करोड पाँच लाख ८८ हजार ३४९को अख्तियारी प्राप्त भएको छ ।
कुल बजेटको २७.३१ प्रतिशत अथवा रु. १३ करोड एक लाख ३० हजार ८६६ खर्च भएको सभामा जानकारी गराइएको थियो । विभिन्न शिर्षकमा रु. ४१ लाख ७८ हजार ४१० राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष रोका र उपाध्यक्ष पेमा अधिकारीले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजनाको तिब्रताका साथ कार्यान्वयनमा जुट्न जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।  

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP