२०८१ चैत्र ४
March 17, 2025, Monday

मंगलाको १७ औ गाउँसभाबाट दुई करोड बजेट रकमान्तर


म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ ।

Advertisement

गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु. दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको ११ वटा प्रस्तावहरु पारित भएको छ । लेखा समितिको प्रतिवेदन, बेरुजु फस्यौट र आर्थिक वर्ष २०८०÷०८१ को हालसम्मको आय व्यय अनुमोदन भएको छ ।

सभाले कुहुँ गाउँभित्रको मुख्य सडक स्तरोन्नतिका लागि रु. पचास लाख बिनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि बिनियोजन भएको कुल रु. ४७ करोड ६३ लाख ६९ हजार ४३१ बजेट मध्य हालसम्म रु. २३ करोड पाँच लाख ८८ हजार ३४९को अख्तियारी प्राप्त भएको छ ।
कुल बजेटको २७.३१ प्रतिशत अथवा रु. १३ करोड एक लाख ३० हजार ८६६ खर्च भएको सभामा जानकारी गराइएको थियो । विभिन्न शिर्षकमा रु. ४१ लाख ७८ हजार ४१० राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष रोका र उपाध्यक्ष पेमा अधिकारीले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजनाको तिब्रताका साथ कार्यान्वयनमा जुट्न जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।  

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० फाल्गुन ४, शुक्रबार १३:३६

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० फाल्गुन ४, शुक्रबार १३:३६

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० फाल्गुन ४, शुक्रबार १३:३६

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP