२०८३ असार ६
June 20, 2026, Saturday

प्रजातन्त्र दिवसको अवसरमा बेनीमा दिप प्रज्जवलन

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसीजले सोमबार सांझ सदरमुकाम बेनीस्थित संगमचोकमा दिप प्रज्जवलन गरेको छ । एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो ।

म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठको प्रमुख आथित्यता, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू सुविन श्रेष्ठ, बिनय श्रेष्ठ, खम थापा, सन्दिप खत्री, निर्वतमान अध्यक्ष सुमन बानियाँ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमकमा बोल्ने बक्ताले संघर्षबाट प्राप्त प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका थिए ।

Advertisement

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न समेत राज्यका नेतृत्वकर्तालाई सुझाव दिइएको थियो । दिप प्रज्जवलन कार्यक्रमको अध्यक्षता म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँ र सञ्चालन कार्यक्रम संयोजक बिशाल खत्रीले गरेका थिए ।

यूवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय रहेको म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक राष्ट्रिय महत्वका कार्यक्रमहरुमा समेत सक्रिय सहभागिता जनाउने गरेको छ । प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP