२०८२ माघ ९
January 22, 2026, Thursday

प्रजातन्त्र दिवसको अवसरमा बेनीमा रक्तदान, ३७ पिन्ट रगत संकलन

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको त्रिदीवसीय कार्यक्रम अन्तरगत सोमबार आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले रक्तदान गरेका थिए।

Advertisement

रक्तदान कार्यक्रममा बोल्ने बक्ताले म्याग्दीमा रक्तदानप्रति आर्कषण ह्वात्तै बढेको बताएका थिए । बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य राखेका थिए।

Advertisement

नेपाल रेडक्रस सोसाइटीका सभापति अमर बानियाँको स्वागत, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षता र रेडक्रस सोसाईटीका कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुुबेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

बेनी अस्पतालभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि दाताहरु तत्कालै पुग्ने गरेका छन् । म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ । निशुल्क रक्तदान र रगत प्रयोग गर्ने बिरामीले समेत अहिले शुल्क तिर्नुपदैन । डेढदशक यता रगतकै अभावका कारण म्याग्दीमा कुनैपनि बिरामीले मृत्युवरण गर्नुपरेको छैन् ।

यसैबीच प्रजातन्त्र दिवसकै अवसरमा बेनी अस्पतालमा रहेका १७ जना बिरामीलाई फलफुल वितरण गरिएको थियो । म्याग्दीमा तीनदिनसम्म मनाइने दिवसको अवसरमा सरसफाई, जेष्ठ नागरिकलाई फलफुल वितरण सहित विभिन्न कार्यक्रमहरु गरिएको छ । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८० फाल्गुन ७, सोमबार १६:३५

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८० फाल्गुन ७, सोमबार १६:३५

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०८० फाल्गुन ७, सोमबार १६:३५

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP