२०८३ असार ४
June 18, 2026, Thursday

भीम मावि भवन उद्घाटन (फोटो फिचर)

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन(एम.बि.ई) र गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

Advertisement

प्रेसिडेन्ट ग्रीनले गाउँपालिका र स्थानीयबासी सँगको साझेदारीमा सुविधा सम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताउनुभयो । उहाँका अनुसार, पाहार ट्रष्ट युके मार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सय भन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनाहरु निर्माण भइसकेका छन् । उहाँले नेपालका दुर्गम ग्रामिण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा र सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

Advertisement

ट्रष्टले भवन निर्माणमा ठुलो योगदान पु¥याएको बताउनुहुँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवन लगायत पुर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने अध्यक्ष गर्बुजाले प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवन लगायत पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताउनुभयो ।पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार, एक करोड २२ लाख तीन हजार २६६ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार ,गाउँपालिकाबाट पचास लाख र स्थानीयबासी एघार लाख १ हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताउनुभयो ।

वि.सं.२०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ असोजमा सम्पन्न भएको थियो । वडा अध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्ट सँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधा सम्पन्न भवन निर्माण भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिल बहादुर पुनले पहिले जिर्ण र साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकोमा अहिले भवन बनेपछि भने सहज भएको बताउनुभयो ।

भवनको संरक्षण गर्ने विद्यालय र स्थानीबासीको दायीत्व भएको उहाँको भनाइ थियो । विद्यालयका प्रअ डम्बरबहादुर घर्तीका अनुसार , कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ३४ जना विद्यार्थी अध्ययनरत छन् । भने अठार जना शिक्षकहरु अध्यापनरत छन् । दश कोठे भवन विद्यालयलाई प्रयाप्त नभएको बताउँदै थप भवन निर्माणको लागि सहयोग गर्न गाउँपालिका र ट्रष्टलाई आग्रह गर्नुभयो । यसैगरी सोही अवसरमा स्थानीय देविस्थान–घरिथोक–पन्थोक पुख्र्यौली नाच समुहका अध्यक्ष मनप्रसाद पुन मगरले दश जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो । विद्यालयले भवन निर्माण गर्ने ट्रष्ट,समाजसेवी क्याप्टेन घर्ती र गाउँपालिकालाई सम्मान गरेको छ । यसैगरी भवन निर्माणमा साझेदारी गरेर सहयोग पु¥याएकोमा गाउँपालिकाले पनि कार्यालय सम्मान गरेको छ । कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले सम्मान नृत्य प्रस्तुत गरेका थिए ।प्रअ घर्तीले संचालन गर्नुभएको कार्यक्रममा शिक्षिका अनिसा भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP