Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

मोना क्रोएसियाद्वारा निवन्ध लेखन प्रतियोगिता आयोजना हुने

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनुभयो ।

Advertisement

प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको वौद्धिक स्तर वृद्धि सहित शिक्षित व्यक्तिहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रुपमा लिएर निबन्ध लेखन प्र्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सुन्दासले बताउनुभयो । नेपाली भाषामा १५ सय शव्दको निबन्ध लेख्ने प्रतियोगितामा म्याग्दी जिल्लामा जन्मिएका व्यक्तिहरुले मात्रै भाग लिन पाउने नियम बनाईएको छ ।

Advertisement

प्रतियोगिता खुल्ला रहेकाले जिल्लाका शिक्षक, विद्याथी, कर्मचारी, प्रवासमा रहेका म्याग्देलीहरुले सहभागिता जनाउन पाउनेछन । विद्यार्थीको हकमा १ विद्यालयबाट २ जना मात्रै विद्यार्थीले सहभागिता जनाउन पाउनेछन । प्रतियोगिताको नियम सम्वन्धि सम्पूर्ण जानकारी मोना क्रोएसियाको फेसवुक पेजमार्फत लिन सकिने अध्यक्ष सुन्दासले बताउनुभयो ।

प्रतियोगितामो प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना पुरस्कार क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित ट्रफि र प्रमाणपत्र राखिएको छ । निबन्ध मार्च ८ तारिख अर्थात यहि फागुन २५ गते सम्म पठाईसक्नुपर्ने छ । नतिजा मार्च २४ तारिख अर्थात चैत्र ११ गते प्रकाशन गरिने र विजेताहरुलाई बेनी स्थित मोना अन्तराष्ट्रिय कार्यकारी समितिको सचिवालयमा एक समारोहको आयोजना गरि पुरस्कार वितरण गरिने कार्यतालिका बनाईएको कार्यक्रम संयोजक रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा मोना अन्तराष्ट्रियका संरक्षक सुवास कुमार श्रेष्ठले विश्वभरि छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था मोनाले जिल्लाको विकास र सामाजिक गतिविधिहरुमा निरन्तर सघाउदै आएको बताउनुभयो । जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिवालय प्रमुख स्मृति सुवेदीले गर्नुभएको थियो । सम्मेलनमा अध्यक्ष सुन्दासले मोना क्रोएसियाले हालसम्म संचालन गरेका गतिविधिहरुको बारेमा समेत जानकारी प्रस्तुत गर्नुभएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!