२०८१ चैत्र ४
March 17, 2025, Monday

शुशिल गर्बुजा हत्या मुद्दाका आरोपी १३ जनालाई पुर्पक्षका थुनामा राख्ने आदेश

गत माग ११ गते साँझ बेनी माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरि रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय शुशिल गर्बुजाको हत्याका आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ ।

Advertisement

जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीका अनुसार प्रहरीले अदालतमा उपस्थित गराएका १३ जनालाई थुनछेक बहस पछि थुनामा पठाउन आदेश दिइएको हो । ‘१७ जना आरोपी मध्य १३ जनाको मंगलबार र बुधबार थुनछेक बहस गरि बिहिबार आदेश भएको हो ।’ उहाँले भन्नुभयो–‘पुर्पक्षका लागि ८ जना बयस्कलाई कारागार र ५ जना नावालकलाई सुधार गृह पठाउन आदेश भएको छ ।’ जिल्ला न्यायाधिश प्रकाश प्रसाद पण्डितको इजलासबाट उनिहरुलाई थुनामा पठाउने आदेश भएको हो ।

धवलागिरी गाउँपालिका–४ का २२ वर्षीय शंकर घर्ति, २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ चिमखोलाका १९ वर्षीय उत्सव पुन, वडा नम्बर –२ का १८ वर्षीय सञ्जय खत्री, मंगला गाउँपालिका –२ का प्रविन जिसी, बेनी नगरपालिका– ५ का २४ वर्षीय सफल खत्री, ९ का १८ वर्षीय सविन राई र जलजला गाउँपालिका–३ पर्वतका १८ वर्षीय शोहन बरुवाल अदालतको आदेशपछि थुनाका लागि कारागार चलान भएका छन् ।

सुधार गृह पठाइएकामा परिवर्तीत नाम ४३ (ब), ४३ (त), ४३ (फ), ४३ (भ), ४३ (ड) रहेका छन् । १८ वर्ष भन्दा कम उमेर भएकाले नाम सार्वजनिक नगरिएका उनिहरुलाई सुधार गृहमा पठाउन आदेश गरिएको श्रेष्तेदार रेग्मीले बताउनुभयो । ४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका नावालक आरोपी फरार छन् । बयस्क हरु मध्य मनिष तिलिजा र एम भनिने गगनबहादुर गर्बुजा फरार रहेका श्रेष्तेदार रेग्मीले बताउनुभयो ।

प्रहरीको अनुसन्धान प्रतिवेदन र मिसिलको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत म्याग्दीमा घटनाका आरोपितहरुको विरुद्धमा मुद्दा दर्ता गरेको थियो । गर्बुजाको हत्यामा संलग्न भएको आरोप लागेका १७ जना विरुद्ध जन्मकैदको सजायको माग दावी सहित अनुसन्धान प्रतिवेदन र मिसिल सरकारी वकिलको कार्यालयमा फागुन ३ गते बुझाएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

प्रहरीले घटना स्थलको मुचुल्का, मेडिकल रिपोर्ट, साक्षी, प्रत्यक्षदर्शी, आरोपितको बयान, सिसिटिभी फुटेज, सर्वसाधारणले खिचेका तस्विर र भिडियो लगायतलाई आधार मानेर घटनाको अनुसन्धान प्रतिवेदन तयार पारेको जनाएको छ ।
यस घटनाको अनुसन्धान प्रहरी निरीक्षक कुमार गुरुङको नेतृत्वमा भएको थिए । ३१ जना साक्षीहरुको बयान लिएको छ । ४ जना फरारको खोजीलाई तिब्रता दिएको प्रनाउ प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को (१) बमोजिमको कसुरमा माग दावी प्रमाणित भएमा वयस्कको हकमा जन्मकैद (२५ वर्ष) सजाय हुने व्यवस्था छ । परिवर्तित नामथरको हकमा बालबालिका ऐन २०७५ को दफा ३६ बमोजिम हुने गरि मागदावी गरिएको छ । जिल्ला सदरमुकाम भित्र भएको हत्या घटनालाई निकै चासोका साथ हेरिएको छ ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८० फाल्गुन १०, बिहीबार १६:१३

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८० फाल्गुन १०, बिहीबार १६:१३

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८० फाल्गुन १०, बिहीबार १६:१३

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP