२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

बेनीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण

म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा अभियान सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बहस परैवी गोष्ठी सम्पन्न भएको हो ।

Advertisement

बेनी नगरपालिकाको आयोजनामा भएको उक्त अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र चालु वर्षमा संक्रमण अवस्थामा र यसको नियन्त्रणका लागि अबलम्बन गर्नु पर्ने उपायहरुको बारेमा बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दन सुबेदीले जानकारी गराउनुभएको थियो ।

Advertisement

बेनी नगरपालिकामा यही १६ गतेदेखि २१ गते सम्म ९ महिनादेखी ५ बर्ष मुनीका उमेर समूहका बालबालिकालाई दादुरा र रुविला विरुद्धको खोप अभियान सञ्चालन हुदै छ ।

कार्यक्रममा बेनी नगरपालिका–प्रमुख सुरत केसीले खोप अभियानलाई खोप लगाउनबाट कोही पनि नछुटुन भनेर यसलाई प्रभावकारी बनाईने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपूर्ण रहेकाले प्रत्येक वडाका जनप्रतिनिधिहरु समेत यो खोप अभियानलाई सफल बनाउन सक्रिय रहन आग्रह समेत गर्नुभयो ।

नगरका सबै वडाका वडा अध्यक्ष, सरकारवाला र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नगर प्रमुख केसी, स्वागत सोमनाथ सुबेदी र संचालन बेनी नगर स्वास्थ्य शाखामा कार्यरत लिला गौतमले गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP