२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

बेनीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण

म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा अभियान सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बहस परैवी गोष्ठी सम्पन्न भएको हो ।

Advertisement

बेनी नगरपालिकाको आयोजनामा भएको उक्त अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र चालु वर्षमा संक्रमण अवस्थामा र यसको नियन्त्रणका लागि अबलम्बन गर्नु पर्ने उपायहरुको बारेमा बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दन सुबेदीले जानकारी गराउनुभएको थियो ।

Advertisement

बेनी नगरपालिकामा यही १६ गतेदेखि २१ गते सम्म ९ महिनादेखी ५ बर्ष मुनीका उमेर समूहका बालबालिकालाई दादुरा र रुविला विरुद्धको खोप अभियान सञ्चालन हुदै छ ।

कार्यक्रममा बेनी नगरपालिका–प्रमुख सुरत केसीले खोप अभियानलाई खोप लगाउनबाट कोही पनि नछुटुन भनेर यसलाई प्रभावकारी बनाईने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपूर्ण रहेकाले प्रत्येक वडाका जनप्रतिनिधिहरु समेत यो खोप अभियानलाई सफल बनाउन सक्रिय रहन आग्रह समेत गर्नुभयो ।

नगरका सबै वडाका वडा अध्यक्ष, सरकारवाला र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नगर प्रमुख केसी, स्वागत सोमनाथ सुबेदी र संचालन बेनी नगर स्वास्थ्य शाखामा कार्यरत लिला गौतमले गर्नुभएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० फाल्गुन ११, शुक्रबार १०:१८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० फाल्गुन ११, शुक्रबार १०:१८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० फाल्गुन ११, शुक्रबार १०:१८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP