२०८३ भाद्र ८
August 24, 2026, Monday

बेनीमा दुईदिने सिजनल पेन्सन शिविर सम्पन्न

म्याग्दी । भूपू सैनिक कल्याकारी सेवा केन्द्र म्याग्दीको व्यवस्थापन तथा जिल्ला सैनिक वोर्ड म्याग्दीको आयोजनामा बेनीमा दुईदिने सिजनल पेन्सन शिविर सम्पन्न भएको छ । शनिबारदेखि जिल्ला समन्वय समितिको सभाहलमा सुरु भई आइतवार सकिएको शिविरमा जिल्लाका करिव १८ सय भूपू सैनिक र उनिहरुका आश्रीत परिवारले सेवा लिएका छन । ९९ वर्ष सम्मका भूपूहरुले शिविरबाट सहज रुपमा सेवा लिएका छन ।

Advertisement

बाग्लुङ तथा पोखरा गएर सेवा लिदा समय र खर्च समेत बढ्ने र वृद्ध अवस्थाका भूपूहरुलाई समस्या हुने भएकाले पनि बेनीम शिविर चलाईएको भूपू सैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्या.मिन बहादुर कार्कीले जानकारी दिनुभयो । शिविरमा पेन्सनपत्ता नविकरण, अन्य कागजपत्र चेकजाँच तथा अध्यावधिक, वैँक खाता संचालन, विभिन्न तक्माहरु वितरण तथा आवश्यक परामर्श सेवाहरु उपलब्ध गराईएको अध्यक्ष कार्कीले बताउनुभयो ।

सोही अवसरमा आईतवार पेन्सन वितरण कार्यालय पोखराका प्रमुख कर्नेल प्रशान्त वगेल संग स्वागत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष कार्कीले कार्यालय भवन निर्माणका लागि जग्गा तथा वजेट व्यवस्थापनको माग गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कर्नेल वगेलले भारतमा नेपाली सैनिकहरुले देखाएको विरताको प्रंशसा गर्दै दुईदेश विचको सम्वन्धलाई प्रगाढ बनाउन भूपू सैनिकहरुको उल्लेख्य भूमिका रहेको बताउनुभयो । उहाँले दुई देशको फरक व्यवस्थाले गर्दा भूपूहरुको पेन्सन सम्वन्धी डकुमेन्टमा समस्या उत्पन्न भएको बताउनुभयो ।

‘भर्ति हुँदाको समय र रिटाएर भएर नेपाल फर्किएपछिको प्रशासनिक डकुमेन्टमा नाम, थर लगायत अन्य विवरणहरु फरक पर्दा समस्या देखिएको छ, त्यसलाई दुवैदेश मिलेर सहज बनाउन आवश्यक छ’, बगेलले भन्नुभयो । उहाँले जिल्लामा भूपू सैनिकको कार्यालय संचालनका लागि भवन निर्माण गर्ने सरकारी स्तरबाट जग्गा व्यवस्थापन हुन सके बजेटको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भूपू सैनिकहरुका लागि कार्यालय भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने विषयमा छलफल अगाडी बढाईने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भूपूहरुले विभिन्न सिफारिसहरु लिन आउँदा कागजपत्र पुरा नगरि आउने, विमाको कार्ड नविकरणमा पनि प्रक्रिया नपुगेको देखिने, नागरिकता र पेन्सनपत्तामा नाम,थर फरक पर्ने लगायतका समस्या जिल्लामा देखिएको उल्लेख गर्नुभयो । जिल्लाका सरोकारवाला तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको कार्यक्रम सेवा केन्द्रका अध्यक्ष क्या.कार्कीको अध्यक्षता र सचिव खुम बहादुर बानियाँको संचालनमा सम्पन्न भएको थियो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP