२०८३ भाद्र २
August 18, 2026, Tuesday

गाउँघरमा चिल्ला सडक आए, मानिस हराए

हिजोआज सडक नपुगेका बस्ती छैनन्। कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन्। मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन्। कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन्।

Advertisement

बागलुङको दुर्गम मानिने ढोरपाटन क्षेत्रमा पनि अहिले धेरै ठाउँमा सडक पुगेको छ। एक दशक अगाडि पर्यटक तथा भक्तजनको घुइँचो हुने फल्लेघरबाट देउरालीसम्मको गारेटो बाटो अहिले झाडी बन्न थालेको छ। योसँगै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सयौँ गोरेटो बन्द हुँदै गएका छन्।

ढोरपाटन नगरपालिका–९ का वीरबहादुर सुनारले सुविधाले पुराना गोरेटो मासिएको बताएका छन्। सडकले धेरै ठाउँका गोरेटोबाटो मासेको भन्दै भएका ठाउँमा पनि कोही नहिँड्ने उनको भनाइ छ।

सुनारले पाका पूर्खादेखि हिँड्दै आएका बाटोलाई विकासले ओझेलमा पारेको भन्दै पुराना गोरेटोलाई पदमार्गका रुपमा विकास गर्नुपर्ने बताए। विकासका नाममा जथाभावी सडक निर्माण हुँदा गोरेटोसहित पुराना मौलिक सम्पदासमेत मासिएको उनको भनाइ छ।

‘हाम्रो पालामा मोटर गाडी थिएनन्।अहिलेको जस्तो यति ठूला सडक पनि थिएनन्। बटौली, तानसेन पुगेपछि मात्रै गाडी देख्न पाइन्थ्यो। साँघुरो बाटोमा यात्रा गथ्र्यौँ। उतिबेला हामीहरु हिँडेका बाटो अचेल बन्द छन्’, सुनारले भने,‘कतै मोटरबाटोले पुरिएका, कतै अप्ठ्यारा बनेका छन् । ती गोरेटोहरु प्रयोगविहीन भएका छन्। सरकारले पुरानो बाटोलाई व्यवस्थित पदमार्ग बनाउन सके बाहिरबाट आउने आगन्तुकलाई सहज हुने थियो।’

तमानखोला गाउँपालिका–१ का जितबहादुर घर्तीले मोटरबाटोले मान्छेलाई अल्छि बनाएको बताए। पहिले घण्टौँ लगाएर हिँड्नेहरु अहिले १० मिनेटको दूरीमा पनि गाडी चड्न खोज्ने उनको भनाइ छ।

मोटरबाटोले गोरेटोबाटोसँगै कुवा,पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको घर्तीले बताएका छन्। पहिले बजारबाट सामान ढुवानी गर्न घोडा, खच्चड प्रयोग गर्ने गरेको स्मरण गर्दै उनले अहिले गाडीमा ओसारपसार गर्न थालेको बताए।

गोरेटोबाटो ग्रामीण जीवनशैलीसँग जोडिएको भए पनि अव्यवस्थित विकासले अस्तित्व नै धरापमा परेको घर्तीको भनाइ छ।

‘मोटरबाटोले धेरै सुविधा ल्याएको छ। दिनभरी हिँडेर पुग्ने ठाउँमा अहिले एक घण्टामै पुर्‍याउँछ। सामान बोक्ने समस्या अन्त्य भएको छ। यसले अहिले हिँड्ने बानी पनि हटेको छ’,उनले भने,‘हामी सानो हुँदा गाउँमा गारेटोबाटो मात्रै थिए। मान्छेहरु टाढा जानु परे पैदल यात्रा गर्नुपथ्र्यो। अहिले त्यहीँ (तलतिर) जाँदा पनि गाडी चाहिने,जुग जमाना फेरिएपछि गाउँका बाटाघाटा पनि फेरिएका छन्। RSS

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP