२०८३ असार ६
June 20, 2026, Saturday

पाहुनाको पर्खाइमा टोड्के–पूूर्णगाँउ घरवास

म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ ।टोड्केको भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् ।

टोड्के पूर्णगाउँ सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो पाहुना नआउँदा होमस्टे सुनसान रहेको बताउनुभयो ।  “शुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुदैनथ्यो । विदेशी पर्यटक पनि आउन थालेका थिए,” उहाँले भन्नुभयो “कोरोनाको महामारी फैलिएपछि घरवासमा पाहुना आएका छैनन् । पाहुना आउने आशामा छौ ।”

Advertisement

गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ वटा घरमा सञ्चालन भएको घरवासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ । दूूध, दहि सहितको अर्गानिक खाना सादा रु. २००, मासु खाना रु. ३०० तथा बेडको रु. १०० मूल्य निर्धारण गरिएको छ ।

फापर, आलुु, मुला तथा बर्खा याममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको होमस्टे सञ्चालक गंगा आचार्यले बताउनुभयो । पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

अग्रिम जानकारी गराए खिर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुरख्यौली र पञ्चेबाजामा रमाउन पाइन्छ । पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।

म्याग्दीको बेनी देखि १ घण्टा ३० मिनेट गाडी र ५ घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुुगिन्छ । पूर्णगाउँ देखि १ घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्रि सतहदेखि २ हजार ४०० मिटर उचाईमा रहेको टोड्के पुगिन्छ ।

लालीगुराँसको जंगलको बिचमा रहेको पहाडको टाकुरा टोड्के देखि सुर्योदय, सुर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरी, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छे हिमाल अवलोकन गर्न सकिन्छ । बसन्त ऋतुमा टोड्केको पाखा लालीगुरास फुलेर रंगिएको छ ।

छोटो अवधीको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनको लागि टोड्के उपयुक्त गन्तब्य हो । सडक यातायात पुगेको टोड्केमा खान बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ ।

धैलागिरी पानोरमा सांस्कृतिक र धौलागिरी सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुदै मालिका, ठाडाखानी, कुइनेखानी, झिँ लगायतका गाउँ र धार्मिक पर्यटकीय स्थलको भ्रमणमा पनि जान सकिन्छ । RSS

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP