म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ ।टोड्केको भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् ।
टोड्के पूर्णगाउँ सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो पाहुना नआउँदा होमस्टे सुनसान रहेको बताउनुभयो । “शुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुदैनथ्यो । विदेशी पर्यटक पनि आउन थालेका थिए,” उहाँले भन्नुभयो “कोरोनाको महामारी फैलिएपछि घरवासमा पाहुना आएका छैनन् । पाहुना आउने आशामा छौ ।”
गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ वटा घरमा सञ्चालन भएको घरवासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ । दूूध, दहि सहितको अर्गानिक खाना सादा रु. २००, मासु खाना रु. ३०० तथा बेडको रु. १०० मूल्य निर्धारण गरिएको छ ।
फापर, आलुु, मुला तथा बर्खा याममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको होमस्टे सञ्चालक गंगा आचार्यले बताउनुभयो । पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उहाँले बताउनुभयो ।
अग्रिम जानकारी गराए खिर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुरख्यौली र पञ्चेबाजामा रमाउन पाइन्छ । पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।
म्याग्दीको बेनी देखि १ घण्टा ३० मिनेट गाडी र ५ घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुुगिन्छ । पूर्णगाउँ देखि १ घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्रि सतहदेखि २ हजार ४०० मिटर उचाईमा रहेको टोड्के पुगिन्छ ।
लालीगुराँसको जंगलको बिचमा रहेको पहाडको टाकुरा टोड्के देखि सुर्योदय, सुर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरी, निलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छे हिमाल अवलोकन गर्न सकिन्छ । बसन्त ऋतुमा टोड्केको पाखा लालीगुरास फुलेर रंगिएको छ ।
छोटो अवधीको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनको लागि टोड्के उपयुक्त गन्तब्य हो । सडक यातायात पुगेको टोड्केमा खान बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ ।
धैलागिरी पानोरमा सांस्कृतिक र धौलागिरी सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुदै मालिका, ठाडाखानी, कुइनेखानी, झिँ लगायतका गाउँ र धार्मिक पर्यटकीय स्थलको भ्रमणमा पनि जान सकिन्छ । RSS
म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...
अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...