२०८१ फाल्गुन २
February 14, 2025, Friday

रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन ।

Advertisement

कार्यक्रममा गणेश महत, टिका बहादुर महत, नर बहादुर थापा, सुरत वोगटी, जुद्धविर किसान, ओम रोका, दिपक पौडेल, रत्न खत्री, मुन्ना रावल लगायतका सहभागीहरुले नगरका १० वटा वडालाई सम्भावनाका आधारमा कृषि पकेटक्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई वृद्धि गर्न अनुरोध गरे ।

त्यस्तै ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको प्रवद्र्धन, रोजगारीको सृजना, सरकारी विद्यालयको शैक्षिक स्तर वृद्धि, मदिराजन्य वस्तु विक्री वितरणमा आवश्यक निगरानी, नगरको फोहोर व्यवस्थापन, उद्यमको विकास, पशुवधशाला व्यवस्थापन, अतिक्रमित सरकारी जग्गा व्यवस्थापन, रत्नेचौरमा खानेपानीको व्यवस्थापन, योजनाको काममा दुरी अनुसारको ढुवानी शुल्क निर्धारण,आवश्यकताको आधारमा सर्वपक्षीय छलफलबाट योजना छनौट गनुपर्ने लगायतका गुनासा तथा सुझावहरु सहभागीताहरुले राखेका थिए ।

सहभागीहरुले उठाएका जिज्ञासाहरु मेटाउदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अनुगमन, निरीक्षण, तालिम तथा छलफल कार्यक्रमहरुलाई निरन्तरता दिईएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई हामी सक्छौँ, हामी गछौँ कार्यक्रम मार्फत श्रम र सिप सिकाउँदै स्वरोजगार बन्न प्रेरित गर्ने कार्यक्रम संचालनमा ल्याईएको बताउनुभयो ।

जिल्लामा ठुला लगानीकर्ता र ठुला उद्योगधन्दाहरु संचालन नहुँदा रोजगारी सृजना हुन नसकेको भन्दै यसका लागि लगानी सम्मेलनको आयोजना गर्न उद्योग वाणिज्य संघ तथा लगानीकर्ताहरुसंग छलफल अगाडी बढेको नगर प्रमुख केसीले बताउनुभयो ।

खानेपानी मुहानको श्रोत अभाव हुँदा एकघर एकधारा योजना पूर्ण रुपमा कार्यान्वयमा आउन नसकेको भन्दै मेयर केसीले धारा बनेका ठाउँहरुका पानीको श्रोत व्यवस्थापनको पहल भैरहेको बताउनुभयो । सहभागीहरुको जवाफमा नगर प्रमुख केसीले नगर क्षेत्रमा दुरी अनुसार ढुवानी शुल्क निर्धारण गरिएको, रत्नेचौरको मुख्य सडकमार्गको मापदण्ड ४.५ मिटर घटाईएको, विपन्न नागरिकका लागि वडातहबाट स्वास्थ्य विमा गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको, बेनीमा पशुवधशालालाई आधुनिक बनाउनका लागि पहल थालिएको, सार्वजनिक जग्गा व्यवस्थापनको काम बेनी बजार क्षेत्रमा भईरहेको र वडास्तरमा पनि विवरण माग गरिएको बताउनुभएको थियो ।

साथै मेयर केसीले नगरको आन्तरिक आम्दानी राजस्व संकलन भएकाले सवैक्षेत्रबाट तोकिएको कर समयमै तिर्न पनि नगरवासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछानेले नगरपालिका मातहतका सवै सहकारीको अनुगमन गरेको बताउदै रत्नेचौर कृषि सहकारीलाई थप नयाँ व्यवस्थापनका साथ संचालनका लागि संचालक सदस्यहरु संग छलफल गरि आवश्यक प्रक्रिया अगाडी वढाईएको बताउनुभयो ।

वडाका सम्भाव्यतालाई अध्ययन गरि विकासका गतिविधि संचालन गर्ने र पर्यटनको विकासलाई जोड दिने उहाँले बताउनुभयो । वस्तीस्तरमा योजनाहरु छनौट हुँदा निष्पक्ष र आवश्यकताको आधारमा छनौट गरिदै आएको पनि उपप्रमुख लामिछानेले बताउनुभयो । उत्पादनसंग जोडिने खालका तालिम तथा सिप सिकाई र क्षमता विकासका कार्यक्रमहरुलाई पनि नगरपालिकाले प्राथमिकताका साथ संचालन गरेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले चालु आर्थिक वर्षको फागुन मसान्त सम्म विभिन्न विषयगत कार्यालयहरुबाट भएको कार्य प्रगति प्रस्तुत गर्नुभएको थियो । उहाँले कुल बजेटको ४२.९ प्रतिशत खर्च भएको र उक्त समयअवधि सम्ममा अनुमानित आन्तरिक आयको ५९.९ प्रतिशत प्रगति हासिल गरिएको बताउनुभयो । यस आवमा नगरको २७८ योजना मध्य २८ वटा योजना सम्झौता हुन वाँकी रहेका र १३९ वटा योजनाहरु सम्पन्न भईसकेका छन ।

ठुला आयोजना अन्तर्गत सडकतर्फ बेनी अर्थुङे तोरीपानी पात्लेखेत सडकको २५ प्रतिशत, बेनी अर्थुङे पुलाचौर भुतपानी सडकको ४५ प्रतिशत, महारानीथान छाप ठुलोखोला सडकको ५० प्रतिशत भौतिक प्रगति भएको र तातोपानी बजार कालोपत्रे योजना निर्माण कार्य सम्पन्न भईसकेको बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाह र सुशासन कायम गर्न नगर प्रतिवद्ध रहेको पनि बताउनुभयो । वडा नं १ का अध्यक्ष टेक बहादुर थापाले वडा भित्रका पुराना कुवा मर्मत, वुढि पोखरी संरक्षण, खेलमैदान निर्माण तथा अर्जमका विभिन्न वस्ती संरक्षणका योजनालाई आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य नेत्र महत, नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष बेल बहादुर कटुवाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शेर बहादुर केसी र राप्रपा म्याग्दीका अध्यक्ष विर बहादुर थापाले सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रशासकीय अधिकृत युवराज थापाले संचालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल र संचारकर्मी अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० चैत्र १२, सोमबार १२:४८

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० चैत्र १२, सोमबार १२:४८

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० चैत्र १२, सोमबार १२:४८

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP