२०८३ असार २
June 16, 2026, Tuesday

सिटिजन्स बैंकको अर्थुङ्गेमा निःशुल्क स्वास्थ्य शिविर


सिटिजन्स बैंक इन्टरनेसनल बेनी शाखाले बेनी नगरपालिका वडा नं ६ अर्थुङ्घेमा आयोजित स्वास्थ्य शिविरमा १ सयभन्दा बढी लाभान्वित भएका छन्।

Advertisement

बैंकको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार १ सय १३ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथैे आवश्यक औषधीहरुसमेत निःशुल्क वितरण गरिएको थियो ।

Advertisement

शिविरमा बेनी सञ्जिविनी हेल्थ क्लिनिकका डा. रोशन आचार्यको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएको थियो ।


शिविरमा चेकजाँच गर्ने बिरामीको जटिलता हेरी थप चेकजाँचका लागि बेनीमा बोलाइएको छ । शाखा प्रबन्धक पुरुषोत्तम पौडेलले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको बताए ।

शिविरमा वडा सदस्य शारदा राना, राधिका विक सहितको उपस्थिती रहेको थियो । बैंकका कर्मचारी सुमित सुबेदीले स्वास्थ्य शिविर तथा बैंकमार्फत प्रदान हुने सेवा लगायतका विषयमा जानकारी गराएका थिए ,

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP