२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा


म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।

Advertisement

लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सम्झना कार्कीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षता, अहेवा लोकेश भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मुना स्वास्थ्य चौकीका निमित्त प्रमुख सविन लाम्गाडेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्य र बालबालिकाका अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको स्वास्थ्य शाखाका प्रमुख कार्कीले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP