२०८२ बैशाख ५
April 18, 2025, Friday

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा


म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।

Advertisement

लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सम्झना कार्कीले जानकारी दिनुभयो ।

Advertisement

वडा अध्यक्ष देवेन्द्र रोकाको अध्यक्षता, अहेवा लोकेश भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मुना स्वास्थ्य चौकीका निमित्त प्रमुख सविन लाम्गाडेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जनप्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका, खोप समन्वय समितिका पदाधीकारी, सदस्य र बालबालिकाका अभिभावकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको स्वास्थ्य शाखाका प्रमुख कार्कीले बताउनुभयो ।

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८० चैत्र १९, सोमबार १३:४३

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८० चैत्र १९, सोमबार १३:४३

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८० चैत्र १९, सोमबार १३:४३

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP