२०८३ भाद्र २
August 18, 2026, Tuesday

अन्नपूर्ण गाउँपालिकाको घार र खिबाङका पसल अनुगमन, म्याद नाघेका सामान जफत

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकार लगायतको टोलीले घार र खिवाङ क्षेत्रका १५ वटा किराना पसलहरुको अनुगमन गरेको थियो ।

Advertisement

अनुगमनको क्रममा अत्यधिक मात्रामा म्याद नाघेका खाद्य सामाग्री विक्रि वितरण हुुने गरेको भेटिएको छ । खाने तेल, मैदा, सुजि, मसला, चियापत्ति, चाउचाउ, विस्कुट, कोक, फेन्टा, स्प्राइट, बियर लगायतका खाद्य र पेय पदार्थका सामाग्रीहरु म्याद नाघेका भेटिएको थिए ।

त्यसैगरि अनुगमनको क्रममा वडामा फर्म दर्ता भएपनि प्यान÷भ्याट नलिइकन व्यवसाय सञ्चालन गरेको र अन्तशुल्कको अनुमति नलिइकन मदिरा र सूर्तिजन्य पदार्थको विक्रि वितरण गरेको समेत भेटिएको गाउँपालिका उपाध्यक्ष पुनले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले यस अघि समेत आफ्नो बजार क्षेत्रमा नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ । यस अघिको अनुगमनका क्रममा व्यवसायीहरुलाई सचेत गराइएको र कमजोरी सुधार नगरेको कारण पसलहरुमा विक्रि वितरणका लागि राखिएका म्याद नाघेका खाद्य सामाग्री जफत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

सोमबार घार र खिवाङका १५ वटा पसलबाट करिब ७५ हजार बराबरको म्याद नाघेका खाद्य सामाग्री जफत गरिएको उहाँले जानकारी दिनुभयो । ‘‘ हामीले यस अघि सचेत गराएका थियौँ, तर व्यवसायीहरुले उपभोक्ताको हित विपरित म्याद नाघेका सामान खुलमखुला विक्रि गर्ने कार्य नरोकेपछि छड्के अनुगमन गरेका हौँ, गाउँपालिकाभित्र बजार अनुगमनलाई अभियानकै रुपमा अघि बढाउँछौँ’’–प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ।

अनुगमनको क्रममा व्यवसायीहरुले बेनीका सप्लायर्सहरुले नै म्याद नाघेका र म्याद सकिन लागेका सामाग्री पठाउने गरेको गुनासो गरेका थिए । घारका अधिकाँश पसलहरुले बेनीस्थित कालीपुलमा रहेको बिक्की बदर्शबाट सामान ल्याउने गरेको र उक्त सप्लायर्सबाट नै म्याद नाघेका सामान गाउँमा पुग्ने गरेको बताएका छन् ।

अनुगमनको क्रममा व्यवसायीहरुमा सामान खरिद गर्दा अपनाउनुपर्ने सजगता नभएको र बेनीका सप्लायर्सहरुले म्याद गुज्रिने समयका सामान गाउँतिर पठाउने गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँले कार्यालयले स्थानीय तहहरुसंग समन्वय र सहकार्य गरि बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदी, प्रशासकीय अधिकृत भगवती खड्का लगायत कर्मचारी, वडा अध्यक्ष रामबहादुर खड्का लगायत जनप्रतिनिधि समेतको सहभागीता रहेको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP