२०८२ माघ २९
February 11, 2026, Wednesday

सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य ः मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । सरकारले मुलुकलाई समृद्धि र सुशासनको बाटोमा लैजान गम्भिर भएर अगाडी बढेको उहाँले बताउनुभयो ।
म्याग्दीको बेनीमा बुधबार पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुँदै मन्त्री गिरीले भन्नुभयो, ‘‘एक डेढ वर्षको अवधिमा जनतामा चरम निराशा छाएको थियो । जनताको चुलो निभ्ने अवस्था सिर्जना भयो । अब नयाँ सरकारले जनतामा रहेको निराशालाई चिरेर आशा जगाउनुपर्ने जिम्मेवारी आएको छ ।’’ अहिलेको सरकारले जनता र मुलुकको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँको भनाई थियो ।

Advertisement

‘‘सुशासनका मामिलामा सरकार खरो तवरले उत्रिएको छ । सरकारको प्रमुख उद्देश्य सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो,’’ मन्त्री गिरीले भन्नुभयो, ‘‘सुशासन बोलीमा होइन व्यावहारमा देखाउनुपर्ने छ । सुशासनका मामिलामा कहिँ पनि चुक्नुहुँदैन । जुनसुकै भ्रष्टाचारीहरुलाई ढिलो चाँढो कानूनी कारबाहीमा ल्याएर देशभित्र भ्रष्टचारीहरुको भविष्य छैन भन्ने देखाउनु छ ।’’

Advertisement

सरकारले असल नीति र कानूनहरु समयमै दिन प्रयासरत रहेको उहाँको भनाई छ । संघीय सरकारको दात्यि भनेको समयमै कानून र नीतिहरु दिने भएकाले त्यही अनुसार सरकार लागेको उहाँको भनाई थियो । अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा संघीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो आएको बताउँदै उहाँले सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि सरकारले आवश्यक कामहरु अगाडी बढाएको मन्त्री गिरीले बताउनुभयो ।

भेटघाट कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको विकासका लागि मन्त्री गिरीसँग जिल्लावासीहरुले अपेक्षा राखेको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कानूनहरुको अभावमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भनाई राख्नुभयो ।

यसैगरी मन्त्री गिरीले पर्वतको जलजला गाउँपालिका मल्लाजको दहमा सोमबार राती दम्पतीको विभत्स तवरबाट हुँदा आफन्त गुमाउनुभएका शोकाकुल परिवारजनसँग भेटघाट गर्नुभएको छ । मृतकका आफन्त सँग मन्त्री गिरीले दुःखद घटनाले सबैलाई दुखी बनाएको र घटनामा संलग्नहरुको खोजी गरी कानूनी दायरामा ल्याउन आफूले सम्बन्धित निकायमा निर्देशन दिएको बताउनुभयो ।

अपराधीहरुलाई फेला पार्न स्थानीयवासीहरुले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘कुनै पनि हालतमा आपराधीहरु उम्किन हुँनुहुँदैन । प्रहरीको विज्ञ टोली घटनाको अनुसन्धानमा जुटेको छ । थप विज्ञहरुको टोली आवश्यक परेमा सरकारले काठमाण्डौं देखि पनि पठाउँछ ।’’ मृतकका आफन्तहरुले मन्त्रीसँग अपराधीहरुलाई चाँढो फेला पारेर कानूनको दायरामा ल्याएर न्याया दिलाउन अनुरोध गरेका थिए ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८० चैत्र २१, बुधबार १४:५१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८० चैत्र २१, बुधबार १४:५१

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८० चैत्र २१, बुधबार १४:५१

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

TOP