२०८१ फाल्गुन ४
February 16, 2025, Sunday

कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)

हिमाल पारीको जिल्ला मुस्ताङको कागबेनी धाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दसैँ अघिको सोमबार औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीको भीड लागेको हो । वर्षको अन्तिम महिना चैते दसै र दसैको अगावै औँसीको दिनमा हुने सोह्र श्राद्ध विशेष गरी हिन्दु धर्मावलम्बीहरूको विशेष दिन हो ।

Advertisement

‘‘सोमबार कागबेनीमा बिहानैदेखि दिवङ्गत आफन्त र पितृहरूको नाममा पिण्ड दान गर्ने हजारौँ भक्तजनहरूको घुइँचो लागेको छ,’’कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी गुरुङले भन्नुभयो ,‘‘यहाँ पिण्ड तर्पण गरेपछि  दिवङ्गत पितृहरूले मोक्ष पाउने जनविश्वास छ ।’’ कागबेनीमा पिण्ड दान र तर्पण गरेपछि श्रद्धालु भक्तजन मुक्तिनाथको दर्शन गर्न जाने गर्दछन् । दामोदर कुण्ड र मुक्तिनाथबाट बगेर आएको पवित्र २ नदीको सङ्गममा रहेको कागबेनी धाममा पिण्ड तर्पण गरेर मुक्तिनाथ दर्शन गरेमा मुक्ति पाउने जनविश्वास पनि रहेको छ ।

पिण्ड दान गरेर मुक्तिनाथ दर्शन गर्ने म्याग्दीको रघु गङ्गा गाउँपालिका–४,स्थित दर्मिजाबाट आउनुभएका सबहादुर पुनले बताउनुभयो । गत साल कागबेनी धाममा सोह्र श्राद्धको दिन यति धेरै भिडभाड थिएन । यस पटक भने हजारौँको सङ्ख्यामा धर्मावलम्बीले पूजाआजाका साथै पिण्ड दिएको कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समितिले बताएको छ ।

गत २८ साउनमा कागबेनीमा गएको भीषण बाढीले क्षति पुर्‍याएको कारण समस्या भए पनि व्यवस्थापन समितिले डोजरको प्रयोग गरेर श्रद्धालु भक्तजनलाई सहज बनाएको व्यवस्थापन समिति अध्यक्ष गुरुङको भनाइ छ । कागबेनी धामको पुनर्निर्माणका लागि स्थानीय सरकार सँगै प्रदेश र सङ्घ सरकारले तत्काल ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० चैत्र २६, सोमबार ०३:५७

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० चैत्र २६, सोमबार ०३:५७

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० चैत्र २६, सोमबार ०३:५७

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP