२०८३ असार ६
June 20, 2026, Saturday

कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)

हिमाल पारीको जिल्ला मुस्ताङको कागबेनी धाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दसैँ अघिको सोमबार औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीको भीड लागेको हो । वर्षको अन्तिम महिना चैते दसै र दसैको अगावै औँसीको दिनमा हुने सोह्र श्राद्ध विशेष गरी हिन्दु धर्मावलम्बीहरूको विशेष दिन हो ।

‘‘सोमबार कागबेनीमा बिहानैदेखि दिवङ्गत आफन्त र पितृहरूको नाममा पिण्ड दान गर्ने हजारौँ भक्तजनहरूको घुइँचो लागेको छ,’’कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी गुरुङले भन्नुभयो ,‘‘यहाँ पिण्ड तर्पण गरेपछि  दिवङ्गत पितृहरूले मोक्ष पाउने जनविश्वास छ ।’’ कागबेनीमा पिण्ड दान र तर्पण गरेपछि श्रद्धालु भक्तजन मुक्तिनाथको दर्शन गर्न जाने गर्दछन् । दामोदर कुण्ड र मुक्तिनाथबाट बगेर आएको पवित्र २ नदीको सङ्गममा रहेको कागबेनी धाममा पिण्ड तर्पण गरेर मुक्तिनाथ दर्शन गरेमा मुक्ति पाउने जनविश्वास पनि रहेको छ ।

Advertisement

पिण्ड दान गरेर मुक्तिनाथ दर्शन गर्ने म्याग्दीको रघु गङ्गा गाउँपालिका–४,स्थित दर्मिजाबाट आउनुभएका सबहादुर पुनले बताउनुभयो । गत साल कागबेनी धाममा सोह्र श्राद्धको दिन यति धेरै भिडभाड थिएन । यस पटक भने हजारौँको सङ्ख्यामा धर्मावलम्बीले पूजाआजाका साथै पिण्ड दिएको कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समितिले बताएको छ ।

गत २८ साउनमा कागबेनीमा गएको भीषण बाढीले क्षति पुर्‍याएको कारण समस्या भए पनि व्यवस्थापन समितिले डोजरको प्रयोग गरेर श्रद्धालु भक्तजनलाई सहज बनाएको व्यवस्थापन समिति अध्यक्ष गुरुङको भनाइ छ । कागबेनी धामको पुनर्निर्माणका लागि स्थानीय सरकार सँगै प्रदेश र सङ्घ सरकारले तत्काल ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP