२०८२ बैशाख ५
April 18, 2025, Friday

बागलुङको चैतेदसैँ मेलामा दश करोडको कारोबार

यस वर्षको चैतेदसैँं मेलामा रु १० करोडको कारोबार भएको छ । तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैतेदसैँं मेलाले बागलुङमा निरन्तरता पाएको छ । कालिका मन्दिर परिसरमा चैत ३० गतेदेखि लागेको चैतेदसैँ मेला बिहीबार सकिएको थियो । मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादललगायतको स्टल राखिएको थियो ।

Advertisement

एक सय ५० वटा स्टलमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र खेलौनालगायतका सामग्रीको कारोबार भएको थियो । बागलुङको पर्यटन व्यवसाय समेत मेलाले चलायमान बनाउँदै आएको छ ।बागलुङ कालिका भगवती गुठीद्वारा आयोजित मेलामा स्थानीय र आयातित उत्पादनको खरिद बिक्री भएको थियो । पाँच लाखभन्दा बढीले मेलाको अवलोकन गरेको अनुमान बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको छ ।

Advertisement

“तीन सय वर्ष पुरानो मेलाको रुपमा रहेको चैतेदसैँं मेलामालाई संरक्षणसँगै निरन्तरता दिइएको छ, मेलामा राम्रो आर्थिक कारोबार भएको छ, स्टलमा खरिद गर्नेको भीड लागेको थियो”, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका कुमार अध्यक्ष खड्काले भन्नुभयो “मेलालाई नाफा घाटाका रुपमा नलिई चैतेदसैँं मेला संरक्षणका काम गर्दै आएका छौँ, मेला सञ्चालनमा लागि कालिका गुठीले व्यवस्थापनमा रु ५५ लाख खर्च गरेको छ ।

”कालिका मन्दिरले प्रत्येक वर्ष रु १० लाख चैतेदसैँं मेला सञ्चालनका लागि दिने गरेको छ । अन्य खर्च प्रायोजक, स्टलबाट उठाएर मेला सञ्चालन गरिँदै आएको छ । मेलाका अवसरमा कालिका कप खुला राष्ट्रिय भलिबल प्रतियोगिता, खुला लोकदोहोरी प्रतियोगिता, छेलो, विद्यालयस्तरीय नृत्य, कालिका मन्दिर परिसरबाट शालग्राम सङ्ग्राहलयसम्म दौडलगायतका प्रतियोगिता सम्पन्न गरिएको छ । चैतेदसैँं मेलामा नेपालका विभिन्न जिल्ला चितवन, काठमाडौँसहित भारतीय धार्मिक पर्यटकसमेत आएका थिए । रासस

Related News

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ बैशाख ९, आईतवार ०१:३३

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ बैशाख ९, आईतवार ०१:३३

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण
  • २०८१ बैशाख ९, आईतवार ०१:३३

म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...

TOP