२०८३ असार ६
June 20, 2026, Saturday

बागलुङको चैतेदसैँ मेलामा दश करोडको कारोबार

यस वर्षको चैतेदसैँं मेलामा रु १० करोडको कारोबार भएको छ । तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैतेदसैँं मेलाले बागलुङमा निरन्तरता पाएको छ । कालिका मन्दिर परिसरमा चैत ३० गतेदेखि लागेको चैतेदसैँ मेला बिहीबार सकिएको थियो । मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादललगायतको स्टल राखिएको थियो ।

एक सय ५० वटा स्टलमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र खेलौनालगायतका सामग्रीको कारोबार भएको थियो । बागलुङको पर्यटन व्यवसाय समेत मेलाले चलायमान बनाउँदै आएको छ ।बागलुङ कालिका भगवती गुठीद्वारा आयोजित मेलामा स्थानीय र आयातित उत्पादनको खरिद बिक्री भएको थियो । पाँच लाखभन्दा बढीले मेलाको अवलोकन गरेको अनुमान बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको छ ।

Advertisement

“तीन सय वर्ष पुरानो मेलाको रुपमा रहेको चैतेदसैँं मेलामालाई संरक्षणसँगै निरन्तरता दिइएको छ, मेलामा राम्रो आर्थिक कारोबार भएको छ, स्टलमा खरिद गर्नेको भीड लागेको थियो”, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका कुमार अध्यक्ष खड्काले भन्नुभयो “मेलालाई नाफा घाटाका रुपमा नलिई चैतेदसैँं मेला संरक्षणका काम गर्दै आएका छौँ, मेला सञ्चालनमा लागि कालिका गुठीले व्यवस्थापनमा रु ५५ लाख खर्च गरेको छ ।

”कालिका मन्दिरले प्रत्येक वर्ष रु १० लाख चैतेदसैँं मेला सञ्चालनका लागि दिने गरेको छ । अन्य खर्च प्रायोजक, स्टलबाट उठाएर मेला सञ्चालन गरिँदै आएको छ । मेलाका अवसरमा कालिका कप खुला राष्ट्रिय भलिबल प्रतियोगिता, खुला लोकदोहोरी प्रतियोगिता, छेलो, विद्यालयस्तरीय नृत्य, कालिका मन्दिर परिसरबाट शालग्राम सङ्ग्राहलयसम्म दौडलगायतका प्रतियोगिता सम्पन्न गरिएको छ । चैतेदसैँं मेलामा नेपालका विभिन्न जिल्ला चितवन, काठमाडौँसहित भारतीय धार्मिक पर्यटकसमेत आएका थिए । रासस

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP