२०८२ चैत्र २९
April 12, 2026, Sunday

बाबियाचौरमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवार मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले उद्घाटन गर्नुभएको हो ।

Advertisement

महायज्ञको उद्घाटन गर्नुहुदै अध्यक्ष रोकाले सामाजिक सेवाको पवित्र भावना राखेर आयोजना गरिएको महायज्ञलाई सफल बनाउन पालिकाका तर्फबाट रचनात्मक सहयोग रहने बताउनुभयो । उहाँले माटेवगर स्थित देवी मन्दिरको महिमा अपार रहेको भन्दै महायज्ञबाट निर्माण गरिने वहुउद्देश्यीय सेवा भवनले जिल्लाकै धार्मिक पर्यटनलाई सघाउ पु¥याउने विश्वास गर्नुभयो ।

Advertisement

कार्यक्रममा मंगला गाउँपालिका वडा नम्वर २ का अध्यक्ष धन बहादुर खाती क्षेत्री, मंगला माविका प्रधानाध्यापक गम बहादुर केसी, राप्रपाका नेता तथा समाजसेवी विनोद भट्टचन, मुल समारोह समितिका सहकोषाध्यक्ष निरज खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा यहि वैशाख १६ गते सम्म संचालन हुने महायज्ञको पहिलो दिन विभिन्न आमा समुह तथा संघ संस्थाको उपस्थितिमा कलश यात्रा गरि बाबियाचौर बजार परिक्रमा समेत गरिएको थियो । महायज्ञमा प्रखर वाचक पण्डित श्री कपिलदेव भट्ट ज्युले कथा प्रबचन गर्नु हुनेछ ।

भने महायज्ञमा दैनिक पुजापाठ, ग्रह शान्ति ब्रतवन्ध, बिवाह, ब्रतसाङेता, सन्ध्या महाआरति, लाखवत्ति, पितृको फोटो, कलश, मुलकर्ता भुमिदान र तुलादन समेतको ब्यबस्था छ । महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा बिभिन्न आकर्षक भजनकृतन, पशुपति, देबघाट तथा बनरासमा देखिने निकै आकर्षक माहाआरति साथै देबलिला झाँकी र सन्देश मुलक नाटकहरु समेत प्रस्तुत गरिनेछ । महायज्ञको उद्घाटन सत्र मुल समारोह समितिका संयोजक नविन अधिकारीको अध्यक्षता, प्रचारप्रसार उपसमिति संंयोजक चक्रलाल पाण्डे (राजु) को स्वागत र कृष्ण सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

महायज्ञको पहिलो दिन मंगला २ बाबियाचौर निवासी स्वर्गीय नगेन्द्र बहादुर अधिकारीको स्मृतिमा उहाँका छोरा, छोरी, ज्वाई स–परिवारको तर्फबाट २ लाख १ हजार १११ सहयोग प्राप्त भएको मुल समितिका सहकोषाध्यक्ष निरज खड्काले जानकारी दिनुभयो । मन्दिर पुन निर्माण, मन्दिर स्थलमा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर वहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने संकल्प लिईएको छ ।

भवनमा मण्डप सहित विहे तथा व्रतवन्ध लगायतका कार्य सम्पन्न गर्ने कक्ष, संकिर्तन, पूजा सामग्री भण्डारण कक्ष, तथा योगा र ध्यान समेत गर्न मिल्ने सभाहल सहितको भवन निर्माण गर्ने लक्ष राखिएको र त्यहाँ एकजना सन्तको समेत व्यवस्था गरिने महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले बताउनुभयो ।

त्यस्तै गरि मंगला गाउँपालिका भित्रका आकस्मिक विरामीहरुलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनहरुको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने गरि एम्वुलेन्स खरिद गर्ने लक्ष्य समेत लिईएको मुल समारोह समितिका सचिव छमलाल पौडेलले बताउनुभयो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८१ बैशाख ९, आईतवार ०१:३६

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८१ बैशाख ९, आईतवार ०१:३६

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८१ बैशाख ९, आईतवार ०१:३६

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP