२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

नारच्याङमा शसस्त्रको विपद् उद्दारको नमुना अभ्यास

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार शसस्त्र प्रहरी बल नेपालले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शसस्त्र प्रहरीको नारच्याङ स्थित विपद् व्यवस्थापन वेश क्याम्पको आयोजनामा उद्दारको नमुना प्रर्दशन गरिएको हो ।

Advertisement

विपद्मा खटिने जनशक्तिको क्षमता अभिवृद्धी र समुदाय स्तरमा विपद् पूर्वतयारीका विषयमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रर्दशन गरिएको शसस्त्र प्रहरी बलको गलेश्वर स्थित आश्रित गुल्मका प्रहरी नायव उपरीक्षक श्याम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Advertisement

‘जलउत्पन्न प्रकोप पश्चात पिडितहरुको उद्दार सम्बन्धी जनशक्तिको क्षमता विकासका साथै समुदायमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रर्दशन गरिएको हो,’ उहाँले भन्नुभयो ‘विपद्को पुर्वतयारी, उद्दार, प्रतिकार्य र व्यवस्थापनका गतिबिधिलाई प्रभावकारी बनाउन सचेतनामुलक कार्यक्रमले सहयोग गर्नेछ ।’

सशस्त्र प्रहरीका २० जना सुरक्षाकर्मीहरुले बाढी, भिर तथा खोचमा खसेको, आगलागी, वन डढेलोमा फसेकाहरुको उद्दार, घाइते तथा बिरामीलाई प्राथमिक उपचार गर्ने बिधिको नमुना अभ्यास प्रस्तुत गरेका शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन नारच्याङका प्रहरी निरीक्षक फडिन्द्र घोलेले बताउनुभयो ।  

डोरीको सहायताले भिर तथा खोचमा फसेका, डोरिको सहायताले नदीको बिच भागमा फसेकाको पानीका खाली बोत्तल, टायरको ट्युव, लामो लठ्ठी लगायत स्थानीय स्रोत साधनको प्रयोग गरि उद्दार गर्ने बिधीको पनि नमुना प्रर्दशन गरिएको थियो । प्रभा माविका विद्यार्थीहरुलाई विपद्को पुर्व तयारी र प्रतिकार्यका विषयमा अभिमुखीकरण कक्षा सञ्चालन र उद्दारका सामग्रीहरुको प्रर्दशनी पनि गरिएको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ, शत्रुुभञ्जन गुल्म अथुङ्गेका उपसेनानी विशाल पोख्रेल, अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जा, ४ का कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जा, लगायत जनप्रतिनिधि, स्थानीयबासी र प्रभा माविका विद्यार्थीहरुले नमुना अभ्यासको अवलोकन गर्नुभएको थियो ।

प्रजिअ ढकालले विपद्को क्षति न्युनीकरणका लागि समुदाय स्तरमा सचेतनामुलक गतिबिधि, सुरक्षा निकायको क्षमता अभिवृद्धि, सिपयुक्त जनशक्ति तयार, राहतको भण्डारण र पुर्नस्थापन सम्बन्धी कार्यमा जोड दिएको बताउनुभयो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP