२०८३ असार ४
June 18, 2026, Thursday

सृष्टि विकको शैक्षिक अभिभावक बने किसान जिसी

जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन्। जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जिवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६,छापका किसान जिसीले कक्षा १२ सम्मको पठन–पाठनका लागि आवश्यक सम्पूर्ण खर्च गर्ने घोषणा सहित शैक्षिक अभिभावकत्व ग्रहण गरेका हुन् ।

Advertisement

उनले पहिलो सहयोग स्वरुप १६ हजार ५०२ नगद आर्थिक सहयोग गंगा जिसी फाउण्डेशनका संस्थापक अध्यक्ष नारायण जिसीमार्फत हस्तान्तरण समेत गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका उपाध्यक्ष समेत रहेका जिसीले चरम गरिबीसँग जुधेर पनि पढाइमा अब्बल सृष्टिलाई शिक्षादीक्षामा कुनै कमी हुन नदिने बताए ।

Advertisement

यसअगाडी पनि सहयोगदाता जिसीले सरस्वती आधारभुत विद्यालयमै पढ्ने पुष्पा राई, न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा पढ्ने अभिभावकविहिन करिना कार्की लगायत आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका दर्जनौलाई सहयोग गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष क्या. मिनबहादुर कार्कीले विपन्न परिवारकी सृष्टिको शैक्षिक भविस्यका लगि यो सहयोगले ठूलो राहत मिलेको बताए। जेहन्दार,अध्ययनशील र अनुशासितका साथै विद्यालयकै मेधावी छात्रा सृष्टिले भविस्यमा गायक र इन्जिनियर बन्ने सपना बोकेकी छन् ।विद्यालयका प्रधानध्यापक छेमप्रसाद गर्बुजा पुनले विपन्न र बेसहारका लागि भइरहेको प्रयासबाट उत्साहित भएको बताए ।

प्रअ गर्बुजाले विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै हुने गरेको परिवारमा सहयोगले पढाईलाई खर्चका लागि सहज भएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सृष्टिकी हजुरआमा जानकीले नातिनीको शिक्षादिक्षामा खर्च गर्ने र आफुँले मजदुरी गरी घरखर्च चलाउने बताईन् ।आँखामा टिलपिल–टिलपिल आँसु बगाउँदै जानकीले नातिनीलाई छोरीज्वाईले कलिलै अवस्थामा छोडेर गएपछि आफुँले हुर्काएको बताइन्। सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार हरिकृष्ण गौतमले गरेका थिए ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP