२०८३ असार ६
June 20, 2026, Saturday

पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित


नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।

बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेशसभाका प्रमु्ख डिल्लिराज भट्ट, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

Advertisement


पत्रकार महासंघ म्याग्दीले संस्थागत विकास, शुद्धिकरण अभियान र पेशागत हकहितका लागि गरेका कार्यको प्रशंसा गरिएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामा उत्कृष्ट शाखा भएको पत्रकार महासंघ म्याग्दी शाखा पहिलोपटक प्रदेशमा उत्कृष्ट भएको छ ।

‘प्रदेशकै उत्कृष्ट शाखा हुन सबैको योगदान छ,‘ संस्थाको यो गरिमालाई उचाईमा पु¥याउनु छ’ अध्यक्ष पौडेलले भन्नुभयो । बि.स २०६३ सालमा स्थापाना भएको शाखा निवर्तमान अध्यक्ष तारानाथ शर्माको कार्यकालमा बेनी नगरपालिकासँग समन्वय गरी जग्गा ब्यवस्थापन गरेको थियो भने अध्यक्ष पौडेलको नेतृत्वमा संरचना बनाएर आफ्नै भवनबाट कार्यसम्पादन गरिरहेको छ ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP