२०८१ जेष्ठ ३
May 16, 2024, Thursday

पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित


नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।

Advertisement

बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेशसभाका प्रमु्ख डिल्लिराज भट्ट, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।


पत्रकार महासंघ म्याग्दीले संस्थागत विकास, शुद्धिकरण अभियान र पेशागत हकहितका लागि गरेका कार्यको प्रशंसा गरिएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामा उत्कृष्ट शाखा भएको पत्रकार महासंघ म्याग्दी शाखा पहिलोपटक प्रदेशमा उत्कृष्ट भएको छ ।

‘प्रदेशकै उत्कृष्ट शाखा हुन सबैको योगदान छ,‘ संस्थाको यो गरिमालाई उचाईमा पु¥याउनु छ’ अध्यक्ष पौडेलले भन्नुभयो । बि.स २०६३ सालमा स्थापाना भएको शाखा निवर्तमान अध्यक्ष तारानाथ शर्माको कार्यकालमा बेनी नगरपालिकासँग समन्वय गरी जग्गा ब्यवस्थापन गरेको थियो भने अध्यक्ष पौडेलको नेतृत्वमा संरचना बनाएर आफ्नै भवनबाट कार्यसम्पादन गरिरहेको छ ।

Related News

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू
  • २०८१ बैशाख १९, बुधबार ०९:५३

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास...

अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
अन्नपूर्णका व्यवसायीलाई कर सम्बन्धि अभिमुखीकरण
  • २०८१ बैशाख १९, बुधबार ०९:५३

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, पालिका भित्रका होटल...

हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको चासाे
  • २०८१ बैशाख १९, बुधबार ०९:५३

हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । Advertisement...

TOP