२०८२ मंसिर २०
December 5, 2025, Friday

सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण अस्तव्यस्त भएपछि सडकमा जलविद्युत आयोजनाका सवारी साधनलाई अवरोध गरेका थिए ।


शुक्रवार दिनभर गाउँपालिकामा भएको सर्वपक्षिय छलफलमा जलविद्युत आयोजनाहरुले पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई ग्राभेल सहित स्तरोन्नती गर्ने र नियमित रुपमा सडकको धुलो कम गर्न पानी हाल्ने काम सूरु गर्ने सहमती भएपछि सडक सूचारु भएको हो । यस अघि गाउँपालिकासंग जलविद्युत आयोजनाहरुले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयबासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमती भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । सडक अबरोध भएपछि मौवाफाँटदेखि पिप्ले क्षेत्रमा निर्माण सामाग्री र उपकरण बोकेर रोकिएका जलविद्युत आयोजनाका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको जलविद्युत आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा, स्थानीय सरोकारवालाहरु समेतको बैठकमा बेनी–जोमसोम सडकखण्ड स्थित घुमाउनेतालदेखि पिप्ले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ्ग, ग्रेडिङ र ग्राभेल सहित सडक स्तरोन्नती गर्ने सहमती भएको छ । घुमाउनेताल देखि च्यानडाँडा सम्मको सडकमा रघुगंगा हाइड्रोपावर कम्पनीले सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेलको कार्य गर्ने र राहुघाट जलविद्युतको ठेकेदार जे.पी.एशोशियट्स कम्पनीले घुमाउनेताल देखि झिँ र दग्नाम जाने चोक सम्म तथा रघुगंगा मा.वि. को सरसापट सम्मको ड्रेनको काम गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले धुलो र जिर्ण सडकको समस्यालाई सुल्झाउन आयोजनाहरुले जिम्मेवारीपन देखाउनुपर्ने बताउँदै सडक स्तरोन्नतीको गाउँपालिकाले समेत अनुगमन गर्ने बताउनुभयो । 
त्यसैगरि च्यानडाँडादेखि अँधेरीखोला र माथिल्लो भेगको सडक मर्मत गर्नुपर्ने स्थानसम्म सडक लेवलिङ्ग र ग्रेडीङ्ग तथा सडक ग्राभेल निर्माण कार्य तुँदी पावर कम्पनी, ठुलोखोला र माथिल्लो ठुलोखोला जलविद्युत आयोजनाले गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । ‘‘ सडक स्तरोन्नतीको लागत अनुमान तयार गर्ने र नापजाँचमा गाउँपालिकाका प्राविधिकहरुलाई खटाउँछौँ, पटक पटकको सहमती जलविद्युत आयोजनाहरुले कार्यान्वन नगर्दा समस्या उत्पन्न भएको छ, यस पटकको निर्णयलाई पालना गराउन गाउँपालिकाले निरन्तर पहलकदमी लिन्छ’’–अध्यक्ष भण्डारीले भन्नुभयो ।
बैठकमा वडा नम्बर ३ पिप्लेका वडा अध्यक्ष खिमबहादुर शाहीले पटक पटक भएका सहमती पालना नगरेको कारण स्थानीयबासी सडक अबरोधमा उत्रनुपरेको बताउँदै तत्काल सहमती पालना गरेर सडकलाई स्तरोन्नती गर्न जलविद्युत आयोजनालाई निर्देशन दिनुभयो । बैठकमा राहुघाट जलविद्युतको विद्युतगृह रहेको तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाई तथा चौडाई अनुसार प्रतिक्षालय निर्माण गर्ने र आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो आर्यघाट परिसरबाट खाली गर्ने निर्णय समेत भएको छ ।

Advertisement

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८१ बैशाख २२, शनिबार ०३:४१

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८१ बैशाख २२, शनिबार ०३:४१

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८१ बैशाख २२, शनिबार ०३:४१

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP