म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको रितुङ माध्यामिक विद्यालयमा एक परिवारले आफ्नो आमाबाबाको स्मृतिमा अध्यक्षकोष स्थापना गरेका छन् । स्व. रामबहादुर द्धरब्जा छन्त्याल तथा स्व. हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी र नानीनातिनीहरुले ५ लाखको अध्यक्षकोष स्थापना गरेको विद्यालयका प्र.अ खिमबहादुर छन्त्यालले जनाकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पहिलो चरणमा विद्यालय व्यवस्थापन अध्यक्ष गमान छन्त्याल, प्र.अ र सहयोगदाता गिता छन्त्यालको संरक्षणमा संचालन हुने गरी स्व छन्त्यालका परिवारका सदस्यहरु भिमबहादुर छन्त्याल, समाया छन्त्याल, समिमा छन्त्याल, नातीहरु क्मद छन्त्याल मन छन्त्याल, बिमल छन्त्याल, गिता छन्त्याल लगायतले उक्त रकम विद्यालयका कार्यबाहक वि.वि.स. का.अध्यक्ष पदम छन्त्या र प्र.अ लाई हस्तातरण गर्नुभएको थियो ।
‘श्री रामबहादुर, हल्जना छन्त्याल स्मृति रितुङ्ग मा.वि अध्यक्षकोष’ बाट बार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीहलाई छात्रवृति (शैक्षिक सामाग्री) विवतरण गरिने प्र.अ छन्त्याले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभाप्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो गाउँको विद्यालयमा सहयोग गरेको सतिमा छन्त्याले बताउनुभयो ।
‘विद्यार्थीले आत्माविश्वास बढोस र माथिल्लो तहमा पढ्नका लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरेका हौँँ ।’ उहाँले भन्नुभयो ‘गाउँको विद्यालयकोे शैक्षिक प्रवर्धनका लागि सबै स्कुलमा अक्षय कोष स्थापना गरेको छौँ ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



