२०८३ श्रावण ७
July 23, 2026, Thursday

बेनीका निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने

बेनी नगरपालिका भित्र सञ्चालित संस्थागत (निजी) विद्यालयले जेहेन्दार, विपन्न, अपाङ्ग भएका विद्यार्थीलाई अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने भएको छ । बेनी नगरकार्यपालिकाको बैशाख १८ गते बसेको कार्यपालिकाको बैठकले नयाँ शैक्षिक सत्रबाटै कार्यान्वयन हुने गरी संस्थागत विद्यालयका सञ्चालक र प्रिन्सिपलसँगको छलफलबाट कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिएको विवरण समेत नगरपालिकालाई उपलब्ध गराउनुपर्ने निर्णय भएको सामाजिक विकास समितिका संयोजक चक्र केसीले बताए ।

Advertisement

‘संस्थागत विद्यालयमा विपन्नले तोकिएको सुविधा पाउनुपर्ने बाध्यकारी नियम छ, कार्यान्वयनमा आलटाल गर्न पाइदैन’ बेनपा–९ का वडा अध्यक्ष समेत रहेका संयोजक केसीले भन्नुभयो । शिक्षा ऐन र नियमावलीले व्यवस्था गरेअनुरुपको छात्रवृत्ति वितरणका लागि संस्थागत विद्यालयलाई सिफारिस समेत गरिने छ ।

मेयर सुरत केसीको अध्यक्षतामा बसेको बैठकले संस्थागत विद्यालयले अभिभावकाबाट बर्षभरी लिने शुल्कको पूर्व स्वीकृति नगरपालिकालबाट लिनुपर्ने, चर्को शुल्क भएमा नगरपालिकाले हस्तक्षेप गर्ने, शिक्षकहरुलाई नियुक्ती पत्र दिनुपर्ने, सबै शिक्षकलाई प्रचलित कानुन अनुसार तलब दिनुपर्ने, स्वीकृति विनाको पाठ्यक्रमहरु पठनपाठन गर्न नपाइने निर्णय भएको छ । बेनी नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयको अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP