२०८३ श्रावण ७
July 23, 2026, Thursday

कुहुँमा तीन दिने उद्घोषण तथा भाषणकला तालिम सुरू

म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थागत तथा दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताउनुभयो ।

Advertisement

वडा अध्यक्ष रोकाले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी हुने बताउनुभयो । सोही अवसरमा दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले ग्रामिण क्षेत्रमा अझैपनि बोल्ने कलाको विकास हुन नसक्दा महिलाहरूलाई अवसरबाट बन्चित गराउने गरिएको बताउँदै तालिममा सिकेका ज्ञान,सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

मंगला–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पौयूपाँटा लगायतका बस्तीबाट २५ जना महिलाको सहभागिता रहेको तालिमको अध्यक्ष सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले गाउँघरमा अहिले पनि बोल्ने कलाको अभ्यास नहुदाँ महिलाहरूलाई विभिन्न संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट बन्चित गराउने गरिएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, स्वागत सदस्य नरदेबी रोका र सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो। तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको छ ।तालिममा उद्घोषण, भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP