२०८२ असार १
June 15, 2025, Sunday

म्याग्दीमा छुटेका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने

म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो ।

Advertisement

शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप समन्वय समिति सरोकारवाला र सञ्चारकर्मीसँगको कार्यक्रममा लक्षित बालबालिका विद्यालय उमेर समुहका भएको बेनी नगरपालिका र पाँच गाउँपालिकाका १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइने सूचना अधिकारी गणेश सुबेदीले बताए । खोप लगाउन छुटेका बालबालिका जन्मिएको समयमा आई पी भी खोप अभाव रहेका अवस्थामा अहिले अभियान सञ्चालन गरिएको खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए ।

Advertisement

बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने भएकाले लक्षित बालबालिकालाई खोप लगाउन ५७ जना अनुगमत समिति समेत बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए । पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिसस उपप्रमुख दिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त डा. अञ्जु थापा लगायतको उपस्थिती रहेको थियो ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ जेष्ठ ११, शुक्रबार १४:३१

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ जेष्ठ ११, शुक्रबार १४:३१

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ जेष्ठ ११, शुक्रबार १४:३१

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP