२०८२ माघ १०
January 23, 2026, Friday

धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको सडक स्तरोन्नतिको तयारी

म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडा सम्मको सडक स्तरोन्नतिको तयारी भएको छ ।

Advertisement

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडक अन्र्तगत धवलागिरी गाउँपालिकाको धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।

Advertisement

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. ५ करोड बिनियोजन गरेको यस सडकका लागि रु. २५ करोड बराबरको बहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो ।

प्रतिस्पर्धा मार्फत आयोजना निर्माणका लागि छनौट भएको निर्माण कम्पनी रामसागर – बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउने काम थाल्ने तयारी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो ।

४ किलोमिटर दुरीको यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले रु. १४ करोड ६१ लाख ६१ हजारमा गत जेठ २० गते ठेक्का सम्झौता गरेको छ । २ वर्षको ठेक्का अवधी भएको आयोजना एकै वर्षमा सम्पन्न लक्ष्य सहित मजदुर र उपकरण परिचालन गरिने निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

म्याग्दी देखि ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको गण्डकी प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताउनुभयो ।

यो सडक आयोजना अन्र्तगत झिनडाडा देखि मुना तर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्र सहित स्तरोन्नति गर्न प्रदेश र संघीय सरकारको लागत साझेदारीमा रु. १ अर्ब बजेटको आयोजना आगामी आर्थिक वर्षदेखि शुरु हुने उहाँले जानकारी दिनुभयो ।

हाल मरेनी पुगेको कच्चि सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने गरि थप रु. ६ करोड ५० लाख बिनियोजन भएको जुग्जालीले बताउनुभयो । स्थानीयबासीको सहमति र आग्रह अनुसार धारापानी र ताकम गाउँभित्रको सडकलाई पक्कि बनाउने गरि डिजाइन भएको उहाँले बताउनुभयो ।

वि.स. २०६६ मा धारापानीमा पुगेको सडक स्तरोन्नति गर्नका लागि स्थानीयबासीले जग्गा उपलब्ध गराउने सहमति गरेका टोल सुधार समितिका संयोजक रिम बहादुर थापाले बताउनुभयो । धारापानीका अगुवा किरण थापाले ८ मिटर फराकिलो सडक बनाउन जग्गा दिन प्रभावित क्षेत्रका जग्गाधनी सहमत भएको बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सडक विस्तारका लागि धारापानीका जग्गाधनीहरुले दिएको सहमतिले काम गर्न सजिलो हुने र छिटो सम्पन्न हुने अपेक्षा गर्नुभयो । सडक विस्तारका क्रममा बस्तिमा क्षति कम हुने र ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीयबासीले माग गरेका छन् ।

गण्डकी प्रदेश सरकारको लगानीमा दरवाङ देखि धारापानी जोड्ने करिब ७ किलोमिटर सडक हालै ग्राभेल भएको छ । झिनडाडा देखि मुना र दरवाङ देखि धारापानी सम्म कालोपत्र गर्न संघीय र प्रदेश सरकारको रु. एक अर्बको समपुरक योजनाका लागि यस वर्ष संघीय सरकारले रु. १२ करोड र प्रदेश सरकारले रु. १२ करोड बिनियोजन गरेका छन् ।

संघीय सरकारले मरेनी देखि जलजला ढोरपाटन जोड्ने सडकका लागि रु. ६ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकलाई मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन पुर्व प्रतिवद्धता अनुसार काम भैरहेको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।

Related News

पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
पूर्णगाउँ : स्थानीय उत्पादनदेखि मजदुरीसम्मको मुल्य र ज्याला निर्धारण
  • २०८१ असार ५, बुधबार १५:२७

गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...

म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
म्याग्दीमा महाविर पुन सहित १३ जनाको उम्मेदवारी
  • २०८१ असार ५, बुधबार १५:२७

हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय र बेनी सामुदायिक मावि बिजयी
  • २०८१ असार ५, बुधबार १५:२७

बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...

TOP