२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

जलजलाको ५० करोडको बजेट, नीति तथा कार्यक्रम पारित

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. पचास करोड ४ लाख १३ हजारको बजेट सार्वजनिक गरेको छ ।

Advertisement

पर्वत बेनीमा शुरु भएको सत्रौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले संघीय, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमानित रकमलाई आधार बनाएर बजेट सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्षले बजेट प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम र बजेट सर्वसहमतिमा पारित भएको छ ।

विगतका वर्षमा जनप्रतिनिधीहरुबीचको किचलोका कारण तनावग्रस्त हुने जलजलाको गाउँसभा यसपाली शान्त वातावरणमा शौहार्दपूर्ण रुपमा सम्पन्न भएको हो । संघीय सरकारबाट रु. ४३ करोड १९ लाख ३ हजार र प्रदेश सरकारबाट रु. २ करोड ८२ लाख ७२ हजार अनुदान पाएको जलजलाले रु. ४ करोड २ लाख ३८ हजार आन्तरिक आम्दानी गर्ने महत्वाकाक्षी लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षको चालुतर्फ ७२.४ र पुजिगत तर्फ ५८ं३८ प्रतिशत तथा समग्रमा ६८.४२ प्रतिशत बजेट खर्च गरेको हो । आगामी वर्ष प्रशासनिक शिर्षकमा रु. नौ करोड पचास लाख बिनियोजन भएको छ ।

पुजिगत शिर्षकमा सबैभन्दा धेरै गण्डकी गोपाल गौशालालाई रु. २ करोड ९० लाख, लस्ती बास्बोट गौशाला सडकलाई रु. १ करोड, शितभण्डार निर्माण तथा व्यवस्थापनका लागि रु. १ करोड, कर्मचारी आवास, स्टोर र भैपरी बिबिध शिर्षकमा रु. १ करोड ५० लाख, बेनी भुर्तुला सडकलाई रु. ३० लाख, सल्यान अम्लाए नाथिमारे सडकलाई रु. २२ लाख बिनियोजन भएको छ ।

युवा तथा खेलकुदमा रु. एक रकोड बयाली लाख तीस हजार, वडा विकास कार्यक्रमलाई ५२ लाख, स्वास्थ्यलाई ४६ लाख ३० हजार, पशु सेवामा ४० लाख, कृषि तथा सहकारीमा ६२ लाख, २५ हजार, चिस्यानगृह निर्माण तथा सञ्चालन गर्न रु. ६० लाख बिनियोजन भएको छ ।

९ वटा वडा कार्यालयहरुले सिफारिस गरेका योजनाहरुका लागि रु. ४ करोड ७० लाख बिनियोजन भएको छ । गाउँसभाको अवसरमा जलजला गाउँपालिकाको लोगो पनि सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP