२०८३ असार २
June 16, 2026, Tuesday

मंगला गाउँपालिकाले ल्यायो आगामी आवका लागि ४९ करोडको बजेट

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

Advertisement

सामाजिक विकासतर्फ शिक्षामा सशर्त अनुदान सहित रु १७ करोड ७६ लाख ८५ हजार, स्वास्थ्यमा २ करोड ७८ लाख ९४ हजार, युवा तथा खेलकुदतर्फ ३३ लाख ५० हजार लगायत भाष तथा संस्कृति, लैगिंक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक सुरक्षा तथा संरक्षण र खानेपानी तथा सरसफाई क्षेत्रमा गरि कुल २२ करोड २ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

Advertisement

त्यस्तै आर्थिक विकास अन्तर्गत कृषिमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योग विकासमा २४ लाख र जलश्रोत तथा सिंचाईमा २३ लाख गरि कुल १ करोड २३ लाख ४७ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ १६ करोड ६० लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ५ करोड, ८० लाख १० हजार र शुसासनतर्फ ३ करोड २५ लाख १० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

गाउँपालिकाको आन्तरिक आम्दानी, नेपाल सरकारको राजस्व बाँडफाँड, रोयल्टि, संघिय सरकारको सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, संघिय समानीकरण अनुदान, प्रदेश सरकारको राजस्व बाँडफाँड, प्रदेश विशेष अुनदान, प्रदेश समपुरक र समानीकरण अनुदान बजेटको आम्दानीको रुपमा रहेका छन ।

यसअघि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, यातायात, कृषि, खोनपानी, सुरक्षित आवास, दिगो तथा सुरक्षित पूर्वाधार निर्माण, रोजगारीको सृजना, पर्यटन प्रवर्धन, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा नागरिकको आवश्यकता अनुरुपका विकास, समृद्धि र सुशासनलाई केन्द्रीत अध्यक्ष रोकाले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद पौडेलले बजेटको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाईने बताउनुभयो । सुशासन कायम गर्दै जनमैत्री सेवा प्रवाहमा पालिका प्रतिवद्ध रहेको उहाँको भनाई थियो । गाउँसभाले अध्यक्ष रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP