२०८३ असार २७
July 11, 2026, Saturday

मालिका गाउँपालिकाले ल्यायो ४७ करोड ७४ लाखको बजेट

म्याग्दीको मालिका गाउँपालिकाले आगामी २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सम्पन्न गाउँसभाकाे  १५ औं अधिवेशनमा  गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरपुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको छ । उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरपुनले आव २०८१/०८२ का लागि चालुतर्फ ३१ करोड पाँच लाख ५५ हजार र पुँजीगततर्फ १६ करोड ६८ लाख ८५ हजार रुपैयाँ गरी कुल ४७ करोड ७४ लाख ४० हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

संघीय सरकार समानीकरण अनुदानतर्फ ८ करोड ४१ लाख रुपैयाँ,संघीय सरकार सशर्त अनुदान (चालुतर्फ) १९ करोड ११ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँडतर्फ ९ करोड ,संघीय सरकार सशर्त अनुदान (पुँजीगततर्फ) एक करोड पचास लाख,संघीय सरकार विशेष अनुदान (पुँजीगत) एक करोड ४५ लाख रुपैयाँ,संघीय सरकार समपुरक अनुदान २ करोड ,गण्डकी प्रदेश सरकार समानीकराण अनुदातर्फ एक करोड ५ लाख ३५ हजार ,गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ ५७ लाख पाँच हजार ,गण्डकी प्रदेश सरकार विशेष अनुदानतर्फ चालिस लाख रुपैयाँ,गण्डकी प्रदेश सरकार समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ ,गाउँपालिकाको आन्तरिक आयतर्फ एक करोड र अनुमानित संचित कोष अल्या हुने रकम चार करोड रुपैयाँ अनुमानित आय रहेको छ ।

मगर समुदायको बाहुल्य रहेको गाउँपालिकाले आगामी आवमा स्थानीय मदिरा (लोकल रक्सी) लाई ब्रान्डिङ गर्न १४ लाख रुपैयाँ विनियोजन गरेको उपाध्यक्षले जानकारी दिनुभयो ।गाउँपालिकाले विपद् व्यवस्थापन,कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर पुर्वाधार निर्माण ,सडक,अधुरा योजनालाई पुर्णता दिन बजेट विनियोजन गरेको छ । गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक टंकप्रसाद पुनले सभामा प्रस्तु गर्नुभएको मालिका गाउँपालिको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी विद्येयक २०८१,गाउँपालिकाकी उपाध्यक्ष घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०८१,न्यायीक समितिको २०८०/०८१ को प्रतिवेदन छलफलपछि पारित भएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP