२०८३ असार २
June 16, 2026, Tuesday

धवलागिरी गाउँपालिकामा रु ४३ करोड २७ लाख बजेट पारित

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको हो ।

Advertisement

बजेटमा संघीय सरकारबाट प्राप्त हुने रु ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने रु २ करोड ८२ लाख ६८ हजार, आन्तरिक आयतर्फबाट रु ४० लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहन आउने रु १ करोड ५० लाख नगद मौज्दातलाई स्रोत अनुमान गरिएको छ ।

Advertisement

आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले सबैभन्दा ठूलो योजनाको रुपमा लुलाङ–गुर्जा सडकलाई रु एक करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्षमा समेत संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा अघि बढाइएको सो आयोजनालाई क्रमागत रुपमा सम्पन्न गराउन गाउँपालिकाले गौरवको आयोजनाको रुपमा उक्त योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको जनाएको छ ।


गाउँसभाबाट पूर्वाधार विकासतर्फ रु ८ करोड ७२ लाख ७० हजार, आर्थिक विकास तर्फ रु ४७ लाख, ६० हजार, सामाजिक विकासतर्फ रु ३ करोड ३९ लाख ३४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ६९ लाख ३६ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १० करोड ८९ लाख १८ हजार विनियोजन भएको छ ।

यस अघि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक बर्षको लागि ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारः समृद्ध धवलागिरी निर्माणको आधार’ भन्ने नाराका साथ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलपछि पारित भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा गाँजा खेतीलाई प्रोत्साहन गर्ने, कृषि र जडिबुटी खेती, पशुपालन, पर्यटन लगायतका बिषयलाई प्राथमिकता दिईएको छ ।

गाउँपालिकाले एक वडा एक पर्यटन परियोजना कार्यान्वयन गर्ने, गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययन गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । सभामा उपाध्यक्ष रेशम पुनले अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको आर्थिक विद्येयक, झकबहादुर छन्त्यालले पेश गर्नुभएको विनियोजन विद्येयक र देउ प्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु सम्बन्धी प्रस्ताब छलफल गरि पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत मोति प्रसाद अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले गाउँसभाको अवसरमा आफ्नो पालिकाको लोगो समेत सार्वजनिक गरेको छ । गाउँपालिकाले खुला प्रस्तावना आह्वान गरेर प्रतिस्पर्धा मार्फत गाउँपालिकाको पहिचान झल्कने लोको सार्वजनिक गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले पालिकाको लोगो सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा गाउँपालिकाको लोगो डिजाइन गर्ने धवलागिरी गाउँपालिका– ३ निवासी देविन्द्र पुनलाई नगद रु ३० हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP